भारतको लोकसभा निर्वाचनको मतगणना सुरु

काठमाडौं । भारतमा भएको लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार बिहानबाट मतगणना सुरु गरिएको हो ।

देशभर एकसाथ सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । अहिलेसम्मको प्रारम्भिक नतिजामा सत्तारुढ गठबन्धन एनडीए अगाडि देखिएको छ । दोस्रो स्थानमा प्रमुख विपक्षी दल कांग्रेससहितको गठबन्धन यूपीए रहेको छ ।

भारतमा गत चैत २८ बाट सुरु मतदान गत आइतबार सकिएको थियो । भारतीय तल्लो सदन लोकसभाको कुल ५ सय ४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । जसमा १ हजार २ सय ७९ उम्मेदवार मैदानमा छन् । १४ करोड २० लाख ५४ हजार ९ सय ७८ मतदाताले मतदान गरेका थिए ।

प्रतिक्रिया