चट्याङ लागेर वृद्धाको मृत्यु

पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका–५ सुभाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ ।

बुधबार अपरान्ह पानीसँगै परेको चट्याङ लागेर स्थानीय ७५ वर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको हो ।

चट्याङ लागेर भण्डारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया