कान्समा ‘चिसो वर्ष’ पुरस्कृत

काठमाडौं । नेपाली फिल्म मेकर्स मीनबहादुर भामले फ्रान्सको पेरिसमा भइरहेको ‘कान्स फिल्म फेस्टिभल’ मा आगामी चलचित्र लागि एक नर्वेजियन पुरस्कार हात पारेका छन् ।

विश्वभरका चलचित्र निर्माताले निवेदन दिएका ५२ वटा चलचित्रलाई पछि पार्दै भामले पुरस्कार जितेका हुन् । उनले निवेदन दिएको ‘द इयर अफ कोल्ड’ (चिसो वर्ष) ले नर्वेजियन सरफन्ड प्राप्त गर्न सफल भएको हो । जसबापत उनले ६६ लाख ८४ हजार रुपैयाँ अर्थात् ६० हजार अमेरिकी डलर हात पार्नेछन् । यससँगै निर्णायक मण्डलले अन्य ६ वृत्तचित्र एवं कथानक चलचित्र समेत छानेका छन् ।

सोनी फिल्मस्ले निर्माण गर्ने उक्त चलचित्रमा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्किएको कथालाई उधिनेको छ । उक्त यात्रासँगै उनीहरुको जीवनमा बद्लाव आउने विषयलाई उतारिएको निर्देशक भामले जनाए । त्यस्तै, ‘चिसो वर्ष’ मा पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्षलाई उठान गरिएको छ । यसमा नेपालीको जिउने कला र समृद्ध सांस्कृतिक विषयलाई समेत प्रस्तुत गरिएको छ ।

त्यसैगरी चीनको द स्ट्रेन्जर, अफगानिस्तानको द पोस्टम्यान, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीले अवार्ड जितेका छन् ।

प्रतिक्रिया