पलेँटीमा शान्ति

काठमाडौ । सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ मा यो महिना गायिका तथा संगीतकार शान्ति ठटाल प्रस्तुत हुने भएकी छन् । यस शृंखलामा दार्जिलिङ र सिक्किमका कलाकारसमेत सहभागी हुँदैछन् ।

यस कार्यक्रमका लागि दार्जिलिङबाट संगीतकार ठटालले गान्तोकका आफ्ना दुई गायिका बिमला सेन्चुरी प्रधान र अंजली प्रधानलाई पनि ल्याएकी छन् । सुरुमा अंग्रेजी महिनाको अन्तिम शुक्रबारमात्रै हुने ‘पलेँटी’ केही महिनादेखि महिनाको अन्तिम शुक्रबार, शनिबार र आइतबार सञ्चालन हुँदै आएको छ ।

कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने पलेँटीमा ठटाल र उनको टिमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन र प्रकसनमा सुन्दर महर्जनले सघाउने छन् ।

प्रतिक्रिया