एनसेल र पुल्चोक क्याम्पसबीच सहमति

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो निकै सरहना गरिएको ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससंग सम्झौता गरेको छ । नयाँ सहमतिअनुसार इन्जिनियरिङ तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुनेछ ।

एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रहेको यस कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पु¥याउदै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान पु¥याउने लक्ष्य लिएको छ । यस सहमतिअनुरूप एनसेलले पुल्चोक क्याम्पसमा २०७६ साल देखि २०८० सम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई १ करोड ३० लाख रूपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ ।

एनसेलको तर्फबाट वित्तिय प्रमुख कनिश्कगयान विक्रमा र पुल्चोक क्याम्पसको तर्फबाट इन्जिनियरिङ अध्ययन संस्थाका डिन प्रा. रामचन्द्र सापकोटाले सोमबार पुल्चोक क्याम्पसमा आयोजित एक कार्यक्रम माझ सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सहमतिअनुसार एनसेलले ०७६ देखि हरेक वर्ष पाँच वर्षसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्यनरत उत्कृष्ट विद्यार्थीलाई १८ छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गर्नेछ ।

एनसेल छात्रवृत्तिले लगनशील र उत्कृष्ट प्रतिभालाई प्रबद्र्धन गर्न मद्दत गर्नेछ भने एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजासहित उतिर्ण भएका विद्यार्थीलाई उच्च लगन, मनोवल प्रदान गर्नेछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रहेको छ ।

‘निकैनै गतिशिल यस इन्जिनियरिङ शिक्षा क्षेत्रमा इन्जिनियरिङका प्रतिभालाई थप उजागर गर्ने र योग्य विद्यार्थीलाई प्रोत्साहन गर्ने हाम्रो उदेश्य रहेको हो । यसका लागि प्रतिष्ठित पुल्चोक क्याम्पससंग हाम्रो सहकार्य थप प्रगाढ बनाउन पाएकोमा हामी हर्षित छौं । हामी एक्काइसौ शताब्दीका प्राविधिकलाई सहयोग गर्न र उनीहरूसँग सहकार्य गर्न चाहन्छौं ।’ एनसेलका वित्तिय प्रमुखक निश्कगयान विक्रमाले भने ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पु¥याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पु¥याउन ५ वर्ष (२०७१–२०७५) का लागि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । पाँच वर्षको अवधिमा ६० विद्यार्थीले एनसेल छात्रवृत्ति पाएका छन् भने २० विद्यार्थी एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यस अवधिमा एनसेलले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् र कम्प्युटर इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मानवापत ८० लाख प्रदान गरेको थियो ।

‘यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमअन्तर्गत हामीले उत्कृष्ट र योग्य विद्यार्थीलाई उनीहरूलाई प्रतिभाको कदर गर्दै छात्रवृत्ति र सम्मान प्रदान ग¥यौँ । थप पाँचवर्षका लागि यो कार्यक्रमलाई निरन्तरता दिनु भएकोमा हामी एनसेलप्रति आभार व्यक्त गर्दछौं ।,’ डिन सापकोटाले भने ‘थप दुई संकाय सिभील र मेकानिकल पनि यस कार्यक्रममा समावेश गरिएका छन् । यसले थप प्रतिभालाई सम्मान र प्रेरणा प्रदान गर्नेछ ।’

एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशःद्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने छन् भने पाँचवटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतिजा ल्याएका मध्येबाट एक जनाले यो छात्रवृति पाउने छन् ।

यसैगरी, उत्कृष्टता सम्मानअन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना र यी पाँचै संकायका छात्राहरू मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान पाउने छन् ।
एक जिम्मेवार व्यावसायीक नागरिकका रूपमा, एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै विभिन्न व्यावसायिक सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू संचालन गर्दै आएको छ । यस अन्र्तगत राम्रो नतिजाका साथ एसएलसी उतीर्ण गरेका तर कमजोर आर्थिक अवस्थाका कारण उच्चशिक्षा हासिल गर्न कठिनाई भोगेका कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरूलाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको थियो ।

त्यसैगरी, डिजिटल शिक्षामा योगदान पु¥याउन कम्पनीले १६ वटा विद्यालयमा डिजिटल पुस्तकालय निर्माण गरेको छ । साथै, ४४ वटा सामुदायिक विद्यालयमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिक तथा खेलकुद सामग्रीलगायताका लागि सहयोग प्रदान गरेको छ । एनसेलले आजको दिनसम्म शिक्षा क्षेत्रमा १० करोडभन्दा बढी लगानी गरेको छ जसबाट २५ हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् ।

आफ्नो सामाजिक व्यावसायिक उत्तरदायित्वअन्र्तगत एनसेलले युवाहरूमा रहेको डिजिटल प्रतिभाको प्रवद्र्घनका लागि सहयोग प्रदान गर्नुका साथै नेपाली कला, साहित्य, संगीत, फुटबल, क्रिकेट प्रवद्र्धनलगायतका क्षेत्रमा पनि योगदान पु¥्याएको छ । कम्पनीले विभिन्न सामाजिक व्यावसायिक उत्तरदायित्व पहलअन्तर्गत स्वास्थ्य तथा वातावरण संरक्षणमा पनि योगदान पु¥याएको छ ।

प्रतिक्रिया