पाँचथरमा दूई परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथार । जिल्लाको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको बीभत्स हत्या भएको छ । भने एक जना बालिका घाइते भएकी छिन् । मंगलबार एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या रहेका छन् ।

घाइते बालिकालाई उपचारका लागि अस्पताल लगिएको छ । सदरमुकामबाट करिब ३ घण्टाको दूरीमा पर्ने उक्त स्थानमा कसले र किन हत्या गर्यो भन्ने बारे अनुसन्धान भइरहेको  छ  । प्रहरीका अनुसार हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी छ ।

प्रतिक्रिया