पाकिस्तानको विश्वकप टोली घोषणा

एजेन्सी, इस्लामावाद । पाकिस्तानले इंग्ल्यान्ड विश्वकपका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । सरफराज अहमदको कप्तानीमा घोषणा गरिएको टिममा ३३ वर्षीय वहाब रियाजलाई टिममा बोलाइएको छ । उनी २ वर्षपछि पाकिस्तानी टिममा परका हुन् । देब्रे हाते तीव्र गतिका बलर वहाबले २०१७ पछि पाकिस्तानी टिममा स्थान बनाउन सकेका थिएनन् ।

पाकिस्तानी टिम छनोट समितिका संयोजक इन्जमाम उल हकका अनुसार स्पिनरको रूपमा शादाब खानलाई पनि समावेश गरिएको छ । १५ सदस्यीय टिममा आसिफ अली र मोहम्मद आमिर पनि रहेका छन् । त्यसैगरी आबिद अली, फहीम अशरफ र जुनेद खानले भने टिममा स्थान बनाउन सकेनन् ।

पाकिस्तानी टिमको सदस्यमा सरफराज अहमद (कप्तान) फखर जमाम, इमाम उल हक, बाबर अजाम, शोयब मलिक,मोहम्मद हफीज, आसिफ अली, शदाब खान, इमाद वसीम, हेरिस सोहेल, हसन अली, शाहीन अफरिदी, मोहम्मद आमिर, वहाब रियाज र मोहम्मद हसैन । क्यान्सरका कारण १८ महिने छोरी गुमाएका असिफ अलिसहित मोहम्मद अमीर र वाहब रियाजले आगामी विश्वकपका लागि सोमबार १५ सदस्यीय पाकिस्तानी टोलीमा स्थान बनाएका छन् ।

गत आइतबार अमेरिकामा क्यान्सरको उपचारका क्रममा छोरी नुर फातिमालाई गुमाएका असिफसहित अमीर र रियाजलाई विश्वकपको टोलीमा बोलाइएको प्रमुख छनोटकर्ता इन्जामान उल हकले सोमबार बताएका हुन । ‘दुःखको समयमा हामी उनको साथमा छौँ, ‘छनोटकर्ता उल हकले भने,‘उनी पाकिस्तानी टोलीमा फर्किन सफल भएका छन् । उनी मैत्रीपूर्ण खेल अगावै टोलीमा समावेश हुन सक्छन् ।

यसअघि खराब फर्मबाट गुज्रिएपछि अमीरले पाकिस्तानको सुरूआती टोलीमा स्थान बनाउन सफल भएका थिए । इंग्ल्यान्डविरूद्धको एकदिवसीय शृंखलामा नभए पनि अमीरले विश्वकप खेल्ने अवसर पाएका छन् । उक्त पाँच खेलको शृंखलामा पाकिस्तानले ४–० को हार बेहोरिसकेको छ । पहिलो खेल भने वर्षाका कारण हुन सकेको थिए । पाकिस्तानका छनोटकर्ताले पछिल्ला शृंखलामा निकै खराब प्रदर्शन भएपछि तीव्र गतिका बलरलाई रियाजलाई बोलाएका हुन् ।

पाकिस्तानका बलरले खराब प्रदर्शन गर्दा इंग्ल्यान्डले चार खेलमै ३ सय ५० रनभन्दा माथिको योगफल बनाएको थियो । प्रमुख छनोटकर्ता उल हकले अनुभवी भएका कारण रियाजलाई अवसर दिएको बताएका छन् । ‘इंग्ल्यान्डविरूद्धको खेलमा हामीले अनुभवी बलर कमीको महसुस ग¥यौँ, उल हकले भने,‘त्यसैले पनि रियाजलाई टोलीमा फर्काउने निर्णय गरेका हौँ । ’

३३ वर्षे रियाजले दुई विश्वकप खेलिसकेका छन् । रियाजले सन् २०११ र २०१५ को विश्वकपमा खेलेका थिए । उनले दुई वर्ष अघि पनि इंग्ल्यान्डमा भएको च्याम्पियन्स ट्रफीमा खेलेका थिए ।  असिफ, अमीर र रियाजले टोलीमा स्थान बनाउँदा तीव्र गतिका बलर जुनैद खान, अलराउन्डर फहिम असरफ र ओपनर अविद अली बाहिरिएका छन् । यी तीनैले विश्वकपको सुरूआती टोलीमा स्थान बनाए पनि अन्तिम टोलीका लागि भने आफूलाई साबित गर्न सकेनन् । जुनैदले तेस्रो पटक विश्वकप खेल्ने अवसर पाए पनि सदूपयोग गर्न सकेनन् ।

यसअघि सन् २०११ को विश्वकपमा टोलीमा रहेर पनि उनले खेल्ने अवसर नै पाएका थिएनन् । सन् २०१५ मा पनि विश्वकपमा स्थान बनाएका जुनैद चोटका कारण नखेली बाहिरिएका थिए । यसअघि चोटमा रहेका लेग स्पिनर सादव खानदे पनि टोलीमा स्थान बनाउने पक्का भएको छ ।

प्रतिक्रिया