खोजखबर

प्रहरी भवन शिलान्यास

सौर्य अनलाइन २०७६ जेठ ७ गते ८:०६ मा प्रकाशित

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुको नयाँ निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहद्वारा सोमबार भवनको शिलान्यास गरिएको हो । कर्णाली प्रदश सरकारको २ करोड ६५ लाखमा आठ कोठाको भवन शिलान्यास गरएकोे जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

कर्णाली प्रदेशका १४ वटा स्थानमा प्रहरी भवन र युनिट यो वर्षबाट निर्माण कार्य अगाडि बढेका कर्णाली प्रदेश प्रहरी प्रमुख शाहले जानकारी दिए । शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश प्रहरीप्रमुख शाहले देशमा तीन तहको सरकार गठन भएको छ । देश संघीय संरचनामा गएकाले जनप्रतिनिधि पनि राष्ट्रसेवक भएको बताए ।

एक राष्ट्रसेवकले अर्को राष्ट्रसेवकलाई भवन निर्माणदेखि अन्य संरचना निर्माणमा सहयोग गर्न अनुरोधसमेत गरेका छन् । प्रहरीलाई पनि अपराध, अनुसन्धानको काममा कटिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । समाजमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण प्रहरीले रातदिन नभरी खट्न निर्देशन दिएका छन् । भवनको निमार्ण कार्य धुलिखेल निर्माण सेवाले जिम्मा लिइएको र भवन निर्माण कार्य एक वर्षभित्र सकिने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय