समयमै काम नसिएकोमा स्थानीय आक्रोशित

बुटवल । रुपन्देहीको सालझण्डीदेखि बाग्लुङ जिल्लाको ढोरपाटन सडक खण्डको सालझण्डीदेखि ढुंग्रेखोला सम्मको सडक समयमा नै निर्माण सम्पन्न नभएको भन्दै स्थानीयहरूले आक्रोश पोखेका छन् । ठेकेदार कम्पनीले दुई वर्षमा सक्नुपर्ने काम चार वर्षमा पनि नसकिएको भन्दै आक्रोश पोखेका हुन् ।

राष्ट्रिय गौरवको आयोजना रहेको सालझण्डी–ढोरपाटन खण्डको सालझण्डीदेखि ढुंग्रेखोला सम्मको सडक निर्माणको काम रोकिएको छ । सालझण्डी देखि ढुङग्रेखोला सम्मका कुल १७ किलोमिटर सडक मध्ये ५ दशमलव ५० किलोमिटर सडक कालोपत्रे भए पनि बाँकी सडक निर्माणको काम रोकिएको हो । सडक ग्राभेलको जिम्मा लिएको ठेकेदार कम्पनीले समयमा नै काम नगरेपछि स्थानीयहरू अक्रोशित भएका छन् । दैनिक सयौंको संख्यामा सवारी साधन गुड्ने बाटोमा धुलो र हिलोले हैरान पारेपछि स्थानीयहरूले समयमा नै काम सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई कारबाही हुनुपर्ने स्थानीय दिलबहादुर गाहाले बताए ।

०७२ सालमा बिटी जयबाबा जेभि कन्स्ट्रक्सन प्रालि साँखुले निर्माणको जिम्मा लिएको १७ किलोमिटर मध्ये करिब आठ किलोमिटर सडक ठेक्का पाएको चार वर्षसम्म पनि अहिले ग्राभेल भएको छैन । पाल्पाको ढुग्रेदेखि तारीफाँटसम्म भने पाँच किलोमिटर सडक ग्राभेल भएको छ । ठेकेदार श्याम श्रेष्ठले १२ करोडको ठेक्कामा विवेक पौडेललाई निर्माणको जिम्मा हस्तान्तरण गरेका थिए ।

यता, सालझण्डी–ढोरपाटन सडक विस्तार आयोजना सन्र्धिकर्खका प्रमुख जयलाल मरासिनीले यही सडक निर्माणको ढिला सुस्तीको विषयलाई लिएर आपूm सडक विभाग काठमाडांैमा गएको बताएका छन् । उनले कार्यालयमा सरुवा भएको २० दिन भएको कारण सोही १७ किलोमिटर सडककै कामको सिलसिलामा काठमाडांैमा रहेको बताए । पहिले पनि ठेकेदार कम्पनीले पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि अब ठेक्का नै रद्द गर्ने तयारी गरिएको उनले बताए । हाल ठेकेदार कम्पनीले उक्त बाटो निर्माण तथा मर्मत संहारको कार्य यत्तिकै छाडेर कार्यस्थलबाट फर्किएको छ ।

प्रतिक्रिया