भारतीय बाटोको विकल्प : नम्बरी जग्गामै बाटो बनाइँदै

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा बाटो निर्माणले तीव्रता पाएको छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडक निर्माण गरेको गाउँपालिकाले वडा नम्बर–२ रोशनपूर्वामा ४ मिटर चौडाइको ३ किलोमिटर लामो बाटो बनाउन थालेको छ । नेपाली गाउँ भएपनि बाटो नहुँदा भारतीय बाटो भएर पुग्नुपर्ने रोशनपूर्वामा केही दिन अघिदेखि सुरु भएको बाटो निर्माण कार्य वर्षा अगावै सकिने गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

बाटो बनाउन स्थानीयले अवरोध गरेपछि अध्यक्ष शाह आफैँ त्यहाँ उपस्थित भएर बाटो बनाउने कामको अगुवाई गरेका थिए । ‘निजी जग्गा भएकाले स्थानीयले शुरुमा त बाटो बनाउन अवरोध गरे । तर,पछि म स्वयम् त्यहाँ उपस्थित भएर स्थानीयलाई बाटोको महत्व र आवश्यकता बारे सम्झाई बुझाई गरेपछि डोजर र स्काभेटर लगाएर बाटो बनाउन सुरु गरेका छौँ,’ अध्यक्ष शाहले भने । उनले यो वर्ष कच्ची बाटो बनाइने र अर्को वर्ष त्यसलाई बजेटमै राखेर कालोपत्रे गरिने अध्यक्ष शाहले बताए । यो बाटो बनेसँगै भारतीय बाटो भएर रोशनपूर्वा पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

प्रतिक्रिया