ज्योति बिकास बैंक र नेपाल इन्स्योरेन्सबीच बैंकासुरेन्स

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवनबीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरु लाई छिटो, छरितो एवं भरपर्दो सेवा पु¥याउने उद्देश्य रहेको छ ।

सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरे । यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । हाल ज्योति बिकास बैंकले ९७ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र २८ वटा एटिएम मार्फत सेवा दिंदै आएको छ ।

प्रतिक्रिया