जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा छुट

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता भएको छ । संझौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकको टा«न्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरे ।

संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया