एनआईसी एशिया र एभरेष्ट अस्पतालबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५ प्रतिशत देखि १० प्रतिशत सम्मको छुट प्रदान गर्ने छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरे । बैंकले हाल मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आउको छ ।

प्रतिक्रिया