कोम्पनीले क्लब छाड्ने

एजेन्सी, सिटी । म्यान्चेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले यो सिजन पछि क्लब छाडेका छन् । ३३ वर्षे कोम्पनीले एएफए कपमा वाट्फोर्डविरुद्धको खेल नै सिटी करियरमा अन्तिम खेल भएको घोषणा गरे । एफए कपको फाइनलमा सिटीले वाट्फोर्डलाई ६–० ले हराउँदै उपाधि जितेको थियो । ११ वर्ष सिटीमा बिताएका कोम्पनीले चारवटा प्रिमियर लिग, दुई एएफए कप र चारवटा लिग कप जितेका थिए ।

बेल्जियन डिफेन्डर कोम्पनीले म्यान्चेस्टर सिटीका लागि ३ सय ६० खेलमा २० गोल पनि गरेका छन् । उनले क्लब छाड्ने पक्का भएपनि अबको गन्तव्य कता हुने भन्ने अहिले सम्म टुंगो लागि सकेको छैन । क्लबका अध्यक्ष खाल्डुन अल मुबारकले कम्पोनीको खुलेर प्रशंसा गरेका छन् । ‘क्लबलाई योगदान दिने थुप्रै खेलाडी छन् ,’ उनले भने,‘ तर, त्यसमा कोम्पनी भन्दा महत्वपूर्ण अर्को कोहि हुन सक्दैन । उनी क्लबको मुख्य खेलाडीका रूपमा लामो समय रहे ।

कम्पोनीको कप्तानीमा सिटीले ४ पटक प्रिमियर लिग उपाधि जितेको थियो । ‘उनको नेतृत्व, समर्पणले उनलाई अलग खेलाडीका रूपमा स्थापित ग¥यो,’ अध्यक्षले भने,‘ उनी बेग्लै क्षमता भएका खेलाडी हुन् । उनले चार अलग अलग प्रशिक्षकसँग काम गरे । चोटले पनि उनलाई दुःख दियो । त्यसका वावजुद पनि उनले आफ्नो समर्पण निरन्तर देखाए । सेन्टर ब्याक उनी सन् २००८ मा सिटीमा आबद्ध भएका थिए । उनले सिटीमा ४ प्रिमियर लिग उपाधि, २ एफए कप र ४ लिग कपको उपाधि जिते ।

उनले सिटी समर्थकर्लाइ लेखेका छन् ,‘ लगातार लिग कप विजेता, लगातार इग्ल्यान्डको विजेता र एफए कप विजेता । यो सिजन हाम्रो लागि साच्चै उत्कृष्ट रह्यो । सिटीमा म ११ वर्ष रहे । म आफैँलाई विश्वास छैनकी सिटीमा यो मेरो अन्तिम सिजन हो । कुनै पनि समय मैले छोड्ने विषयमा सोचेको थिइन । सिटीले मलाई सबै चिज थियो । मैले जति सके दिने कोसिश गरे । अब जाने समय आएको छ ।’

प्रतिक्रिया