बायर्न म्युनिख सातौँ पटक च्याम्पियन

एजेन्सी, वर्लिन । जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । शनिबार राति भएको खेलमा इन्ट्राचेत फ्रान्कफर्टलाई ५–१ गोल अन्तरको जित निकाल्दै उपाधि जितेको हो । जितसँगै बायनको अंक तालिकामा ७८ अंक पु¥याएको छ । बायर्नको जितमा किंग्सले कोम्यानले चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएका बायनले दोस्रो हाफको सुरुमै गोल खाएको थियो ।

५०औं मिनेटमा हलरले गोल गर्दै फ्रान्कफर्टलाई खेलमा फर्काएका थिए । ५३औं मिनेटमा डेभिड अल्बाले गोल गर्दै बायनलाई २–१ ले अघि बढाए । रेनाटे सान्सेचले ५८औं मिनेटमा तेस्रो तथा फ्रान्क रेबरीले ७२औँ मिनेटमा गोल गर्दै टिमलाई ४–१ को अवस्थामा पु¥याए । लगातार गोल थपेको बायनका लागि ७५औँ मिनेटमा आर्जेन रोबेनले पाँचौँ गोल गरेका थिए ।

बायर्न म्युनिखले शनिबार लगातार सातौँ पटक बुन्डेस लिगाको उपाधि उचाल्दै अझै पनि आफ्नो टोली घरेलु फुटबलमा स्वर्णिम समयमै रहेको प्रमाणित गरेका छ ।  सन् २०१९ को घरेलु लिगको अन्तिम दिन बार्यनले आफ्नो स्वर्णीम युगका दुई मुख्य खेलाडी फ्रान्क रिबेरी र आर्जेन रोबेनलाई बिदाई गर्दै उपाधिमा समेत दबादबालाई कायमै राखेको थियो । बायर्नको पछिल्लो एक दशकको सफलता पछाडि यीनै दुई भेट्रान फुटबलरको योगदान थियो । यीनै दुईले शनिबार बायर्नसँगको आफ्नो खेलाडी करियरलाई पूर्णविरामसमेत लगाइसकेका छन् ।

रिबेरी र रोबेनको बिदाईसँगै बार्यनका प्रशिक्षक निको कोभेकमाथि लियोन गोरेट्जका र सेर्गी गेनब्री जस्ता युवा खेलाडी स्थापित गराउने चुनौती थपिएको छ । यता क्लबका अधयक्ष युली होइनेसले पनि क्लबमा पुस्ता हस्तान्तरणकै लागि आफूहरूले ठूलो लगानी गरेको प्रस्ट्याइसकेका छन् । अध्यक्षको भनाइसँगै लगानीको प्रतिफल आगामी सिजनमा के होला भन्ने प्रतिक्षाको विषय रहेको छ ।

बायर्नले नयाँ पुस्ताको टोली बनाउनकै लागि विश्व कप विजेता फ्रान्सका सदस्य डिफेन्डर बेन्जामिन पाभार्ड र लुकास हर्नान्डेज जस्ता प्रतिभाशाली फुटबलरलाई अनुबन्धन गरिसकेको छ । पाभार्ड ३५ मिलियन युरो र हर्नान्डेजलाई ८० मिलियन युरोमा बायर्नले आफ्नो बनाएको थियो ।  आरबी लेइपजिगका स्ट्राइकर टिमो वार्नर, आयाक्स डिफेन्डर म्याथिज डे लाइट र साल्केका गोलकिपर एलेक्सजेन्डर नुइबेल नाम पनि पछिल्ला समय बायर्नसँग जोडिरहेको छ । क्लबका अध्यक्षले पनि केही नयाँ खेलाडी अनुबन्धन गर्ने स्वीकारे पनि ट्रान्सफर रेकर्ड भने नतोडिने स्पष्ट पारिसकेका छन् ।

‘हामीले रोबेन र रिबेरी जस्ता खेलाडीलाई गुमाइसकेका छौं,क्लबका अध्यक्ष युली होइनेसले भने,‘ त्यसैले हामीलाई क्यानेडेली १८ वर्षे विंगर अल्फोन्सो डेविडसँगै केही अतिरिक्त खेलाडी आवश्यक छ ।’ अध्यक्ष युलीलेको अतिरिक्त खेलाडी चेल्सीका कलुम हडसन ओडोई पनि हुन सक्नेछन् । गत जनवरीमा पनि बायर्न कलुमलाई अनुबन्ध गर्न असफल भएको थियो । एक दशकका गोल्डेन पुस्ता बिदाई भएकै सिजनमा बायर्नमा केही युवा स्टारहरू समेत देखिएका छन् । म्याट हमल्स र जेरोमी बोटेङको स्थानमा २३ वर्षे निकलस सुइले तथा थोमस मुलरको स्थानमा लियोन गोरेट्जका जस्ता युवा खेलाडीहरू देखिएका छन् ।

प्रतिक्रिया