लोप्साङले ल्याइन् ‘गैरी खेतको सिरैमा..’

काठमाडौं । बालगायिका लोप्साङ छोइड्यान शेर्पाको स्वरमा सजिएको गीत ‘गैरी खेतको सिरैमा..’ सार्वजनिक गरिएको छ । उनको नयाँ गीत आएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । उक्त गीतमा शब्द, लय तथा संगीत बुद्ध राईको रहेको छ ।

उक्त गीतको एरेन्ज भने सविन लिम्ब्ूले गरेका हुन् । डिबी राईले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा लोप्साङ छोइड्यान शेर्पाको अभिनयसँगै जुम जुम्बा टिमको आकर्षक नृत्य देख्न सकिन्छ । अनिल रानाले खिचेको गीतको भिडियोमा राज मगरको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया