नेपाल छोड्न आतुर महिला !

नेपालमा २०७२ मा आएको भूकम्पपछि नेपाली महिलाको तस्करी ह्वात्तै बढेको र सामाजिक सञ्जालले मानवतस्करहरूलाई आफ्नो काम गर्न सजिलो बनाइदिएको पत्रकार विक्की विक्की र्स्प्याट ले पत्ता लगाएकी छन् । उनले गरेको अनुसन्धानमा त्यस यता विभिन्न मुलुकमा महिलाको तस्करी बढेको हो ।

भवनको वरपर हाँसो र गीतसंगीतको ध्वनिमा बाहिर गाडीहरूले हर्न बजाएको आवाज मिसिएको छ । कोठाका भित्ताहरू गाढा सुन्तला रंग, समुद्री गाढा नीलो र गुलाफी रंगले सजाइएका छन् । यी सबै रंग यहाँ बस्नेहरूले नै लगाएका हुन् । जुन कोठाको वर्णन गरिएको यो काठमाडौंमा रहेको एउटा आश्रयस्थल हो जहाँ बेचबिखनमा परेका महिला बस्छन् । उनीहरूलाई केही समय त्यहाँ राखेर आफ्नो सामान्य जीवनमा फर्कन यहाँ सहयोग गरिन्छ ।

३५ वर्षीया चाँदनीलाई भेट्न गएकी उनले त्यहाँको बारेमा आफूले देखेको र सुनेको कुरा लेखेकी छन् । एक वर्षअघि उनलाई एक अपरिचित व्यक्तिले फेसबुकमा साथी बन्ने ’रिक्वेस्ट’ पठाए । उनले त्यो स्वीकारिन् । त्यस पछि ती व्यक्तिले उनलाई लगातार सन्देशहरू पठाए । त्यसपछि दुवैले एकअर्कालाई गोप्य सन्देशहरू अनलाइन पठाउने क्रम चल्यो । पछि थाहा भयो ती अपरिचित व्यक्ति मानवतस्करीमा सम्मिलित दलाल रहेछन् ।

फेसबुक जस्ता समाजिक सञ्जालमा नचिनेको मान्छेसँग अन्तरंग कुरा गर्ने र उनीहरूका कुरा विश्वास गर्ने प्रवृद्धिले पनि कयौँ मानछेले यस्ता समस्या भोगने गरेका छन् । त्यस्ता गलत कार्य गर्ने कयौँले फेक आइडी (नक्कली) बनाएर पनि किशोरी तथा महिलाका बीचमा पुग्ने र उनीहरूलाई सजिलै आफ्नो जालमा पार्ने गरेको घटना बेला बेला सार्वजनिक हुने गरेको छ

चाँदनीलाई कुरिरहँदा मैले झ्यालबाट बाहिर एकटक हेरेँ, पानीसँग मिसिएर धुलो चक्कर लगाउँदै उडिरहेको थियो । धुलोलाई छिचोल्दै उत्तरी भेगमा राजधानीलाई घेर्ने हरिया पहाडमाथि अवस्थित हिमालहरूलाई बादलले ढाकेको देखिन्थे ।

मेरी अनुवादक सुजाताले त्यो धुलो निर्माणको कामबाट आएको बताइन् । चारैतिर बन्दै गरेका ठूला भवन र राजधानीको सडकबाट उडेको धुलोले सास फेर्ने गाह्रो थियो । उनले भनिन, ‘तिनीहरू भवन पुनर्निर्माण गर्दैछन्,’ चार वर्षअघि गएको भूकम्पका कारण धेरै भवन भत्काएको उनले बताइन् । प्राकृतिक विपद् निर्माण उद्योगीलाई जस्तै मानव बेचबिखनमा लागेकाहरूलाई पनि राम्रो अवसर बनेर आयो । त्यसको नकारात्मक प्रभाव भने धेरैको जीवनमा परेको छ र उनीहरू भोगी रहेका छन् ।

बेचबिखन हुने श्रमिकको आधुनिक स्वरूपको दासव्यापार यहाँ यसअघि नै फस्टाइरहेको थियो । भूकम्पले त आफ्ना परिवारसँग छुट्याएर र कामको खोजीमा मानिसहरूलाई झन् जोखिममा पुर्यायो । भारतीय सीमा सुरक्षा बलका अनुसार पीडितको संख्या पछिल्ला दिनमा पाँच सय प्रतिशतले बढेको छ । हप्तै पिच्छे जस्तो तस्करी पक्राउ र जोखिममा परेको महिलाको उद्धार गरिए पनि यो क्रम घटेको छैन ।

महिलाका लागि आश्रयस्थल चलाउने चरीमाया तामाङ आफैँ सन् १९९० मा बेचबिखनमा परेको उनले सुनाइन् । उनी केही समय कोठीमा नारकीय जीवन भोगेर आएकी हुन् । उनका अनुसार दलालले उनलाई लागुपदार्थ खुवाएर, बेहोस बनाइ अपहरण गरी भारतको एउटा कोठीमा पु¥याइएको थियो । अहिले प्रविधिले मानव बेचबिखनको यो व्यापारमा नयाँ अवसर उपलब्ध गराएको उनी बताउँछिन् । चरीमाया आफूजस्तै बेचबिखनमा परेका महिलाको हितमा काम गर्दै आएकी छन् ।

‘सामाजिक सञ्जालले त्यस्ता कार्य गर्ने दलाललाई साँच्चै सघाउ पुर्याइरहेको छ, आजकाल उनीहरूलाई किशोरीहरू खोज्न विकट गाउँ जानु नै पर्दैन,’ उनले भनिन्, ‘उनीहरूले सम्भावित व्यक्तिलाई अनलाइनमा खोज्छन् र एउटा क्लिकको भरमा सन्देश पठाउँछन् न आफ्नो स्वार्थ पूरा गर्छन् ।’ बढदो सामाजिक सञ्जालको दुरुपयोग भएको उनको ठम्याइ छ ।

फेसबुक जस्ता समाजिक सञ्जालमा नचिनेको मान्छेसँग अन्तरंग कुरा गर्ने र उनीहरूका कुरा विश्वास गर्ने प्रवृद्धिले पनि कयौँ मानछेले यस्ता समस्या भोगने गरेका छन् । त्यस्ता गलत कार्य गर्ने कयौँले फेक आइडी (नक्कली) बनाएर पनि किशोरी तथा महिलाका बीचमा पुग्ने र उनीहरूलाई सजिलै आफ्नो जालमा पार्ने गरेको घटना बेला बेला सार्वजनिक हुने गरेको छ ।

घर्याक्क ढोका खुल्यो र गम्लङ्ग अँगालो हाल्दै चाँदनीले मलाई स्वागत गरिन् । उनी कसरी फेसबुकमा आएको एउटा ‘रिक्वेस्ट’ बाट बेचबिखनको जालोमा परिन् त्यो उनले मलाई बताइन् । आफूलाई फेसबुमा आएको रिक्वेस्ट (अनुरोध) ले जीवनमा हानी पु¥याउला भन्ने उनलाई लागेको थिएन ।

उनले भनिन्, ‘एउटा मान्छे थियो जो मेरो दिदीसँग फेसबुकमा बेला बेला कुरा गरीरहन्थ्यो ।’ ‘उसले मलाई फेसबुकमा साथी बनाएपछि सन्देश पठाउन थाल्यो । कुरा कै क्रममा उसले मलाई इराकमा राम्रो पारिश्रमिक दिने जागिर मिलाइदिन सक्ने बतायो । मैले उसलाई प्रत्यक्ष रुपमा कहिल्यै भेटिनँ । तर, एकदिन मेरो पासपोर्ट र भिजा दिन अर्को मानिसलाई पठायो ।’ त्यो मान्छे खराब होला भन्ने उनले शंका नै गरिनन् ।

भूकम्पका बेला चाँदनीको पनि घर भत्कियो । घर भत्कीए पछि उनको बास अस्थायी टहरामा भयो । फेसबुकमा त्यो व्यक्तिले उनलाई सन्देश पठाउँदा उनी अस्थायी बासमा बसिरहेकी थिइन् । दैनिकी निकै अत्यास लाग्दो थियो ।

दलालले केही महिनाअघि देखि नै चाँदनीकी बहिनीसँग पनि कुराकानी गर्दै आएको थियो । भूकम्पपछि सबैतिर अस्तव्यस्तता हुँदा उनीहरूले मौकाको फाइदा उठाए । राहदानी दिएपछि त्यो दलालले चाँदनीलाई इराकमा घरेलु कामदारको जागिर भएको बतायो । उसले चाँदनीलाई दिल्लीसम्म पु¥याउन आफ्नो भाइले सबै व्यवस्था गर्ने आश्वासन दिएको उनले बताइन् ।

दिल्ली पुगेपछि पहिला वाचा गरिएअनुसार मध्यपूर्वको उडान हुनुको सट्टा उनलाई एउटा कोठामा धेरै हप्तासम्म बन्धक बनाएर थुनेर राखियो । त्यहाँ उनी जस्तै अन्य १८ महिलालाई पनि थिए । मैले थप कुरा जान्न खोज्दा चाँदनीले आँखा अन्तै डुलाइन् । मेरो जिज्ञासा बढ्दै जाँदा उनको आँखा रसिला भइसकेको थिए । सायद उनी ती नारकीय दिनहरू सम्झदै थिइन र उनको मनमा पीडा भएको थियो ।

त्यो बन्द कोठामा बस्दा उनको मस्तिष्कमा कस्ता कुराहरू खेलिरहेका थिए ? मैले सोधेँ । उनले आफू अब बेचिन लागेको थाहा पाएको बताइन् । बेचबिखनका कथाहरू नेपालमा जताततै छन् । यस्तोमा पर्नु हुँदैन भन्नेबारे सचेत रहन बजाइने सन्देशहरू सुन्दै महिलाहरू हुर्किन्छन् । उनले पनि सयौँ पटक त्यस्ता सन्देश नसुनेको होइन । यो थाहा भएकै जोखिम हो । तर, आफ्नो र आफ्नो परिवारको भाग्य बदल्ने आशामा चाँदनीले यो कदम चाल्ने इच्छा गरिन् ।

कामका लागि देश छोड्ने काम नेपालमा अस्वाभाविक होइन । तर, नयाँ जीवनको खोजी र आर्थिक स्वतन्त्रता युवतीहरूका लागि खतरा हुन सक्छ । खासमा एउटा विवादास्पद कानुनका अनुसार ३० वर्ष भन्दा कमका महिलाहरू आफ्ना अभिभावकको अनुमतिबिना जानु नै गलत र खतरापूर्ण हो । विकट नेपालका युवतीहरूजस्तै चाँदनी पनि अवसर नपाउँदा लामो समयदेखि निराश थिइन् ।

त्यहीवेला उनलाई फेसबुकमा इराकमा घरेलु कामदारको रूपमा काम गरेर राम्रो आम्दानी हुने जागिरको अवसरको आशा देखाइएको थियो । ‘मेरो घरमा सबै जना खेतमा काम गर्छन्,’ उनले भनिन, ‘खेत बारीमा काम गर्न एकदमै गाह्रो हुन्छ र मलाई खेत बारीमा काम गर्न पटक्कै मन पर्दैन । अर्को कुरा त्यसरी काम गर्दा बाँच्न पुग्ने कमाइ पनि हुँदैन ।’

‘मैले धेरै महिलाले विवाह गरेर पनि राम्रो गर्न सकेको देखेको छैन,’ उनले हाँस्दै भनिन् । तर, धेरै पुरुषहरूले श्रीमतीलाई धोका दिइरहेको देखेर मलाई दिक्क लाग्छ । चाँदनीका कुरा अनुवाद गर्दा सुजाता हाँसिन् र मैले पनि हाँसो रोक्न सकिनँ । यद्यपि म आफ्नो आँसु थाम्न संघर्ष गर्दै थिएँ । चाँदनीलाई जीवनमा अघि बढ्न पुरुष कै साथ चाहिन्छ भन्ने धारणा मन पर्दैन । पुरुष बिना पनि महिलाले जीवनमा केही गर्न सक्छन् भन्ने उनको धारणा छ ।

चाँदनी रहेको आश्रयस्थल छोड्नुअघि उनले यताउता हेरिन् र आफ्नो भाग्यको पुनः परीक्षण गर्न सक्ने बताइन् । ‘म पैसा कमाउनका लागि जहाँ पनि जान्छु,’ उनले निडर भएर भनिन् । ‘म फेरि पनि विदेश जान प्रयास गर्छु ।’ उनको विदेश मोह भने अझै सकिएको रहेनछ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया