जिप दुर्घटनामा तीनको मृत्यु

बैतडी । देहीमाण्डौबाट नागार्जुन जाँदै गरेको म१ज ४९२१ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगररपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट र बाराकोटकै अन्दाजी ५५ वषर््ीाय लालमणि भट्टको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका–१० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जिपचालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् । घाइतेमध्ये प्रकाश भट्टको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुलेको छैन ।

नागार्जुनस्थित देउताल मन्दिरमा पूजाका लागि गएका उनीहरू दुर्घटनामा परेका हुन् । जिप सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया