पालिकामा विकासको काम तीव्र

सिरहा । प्रदेश–२ जिल्ला सिरहाको दुर्गम गाउँपालिका नवराजपुरमा जनप्रतिनिधि आएपछि विकासको लहरमा तीव्रता आएको छ । नवराजपुर गाउँपालिकाअन्तर्गत पाँच वडामा बराबरी विकासको गति दिएपछि स्थानीयहरू प्रमुख विश्वमोहन यादवप्रति खुसी भएका छन् ।

स्थानीय राघव यादव भन्छन्, ‘जहाँ कल्पना गरेका थिए, त्यहाँ मुखियाजीले हुलाकी मार्गलाई लोकमार्गमा जोड्न मझौरादेखि मौवाहीसम्म नमुनाको सडक निर्माण गरेका छन् ।’ निकट भविष्यमा कालोपत्रे गर्ने योजना रहे पनि यतिवेला माटो ग्राभेल गरी तीन किलोमिटरसम्म नमुनाको सडक निर्माण गरिएको छ ।

हुनतः कृषि सडकलाई महत्व दिएको नवराजपुरका प्रमुख यादव भन्छन्, ‘कृषि उत्पादन राम्रो भयो भने यहाँका जनताको शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच हुन्छ । यसैले हामीले यतिवेला कृषि सडक निर्माण मर्मतमा लागेका छौँ । यो सँगै सिँचाइका लागि बिजुलीको व्यवस्थापन गरेका छौँ ।’ नवराजपुर गाउँपालिकाका पाँचै वडामा टोलटोल र खेतीसम्म बिजुलीको व्यवस्था गरिएको छ । ढेड÷दुई दर्जन कृषि सडकको मर्मत र निर्माण कार्यले गति लिएकोे छ ।

विद्यालय, स्वास्थ्य प्रतिष्ठान, डिहीबार थान, चोक पार्कलाई व्यवस्थित गर्दै गाउँपालिका भवनको लागि कम्पाउन्ड वाल तयारीमा लागेको छ । १ करोड १८ लाख वार्षिक बजेट विनियोजित गरिएको छ । जसमा भौतिक निर्माणलाई प्राथमिकता दिँदै सीपमूलक तथा सचेतनामूलक कार्यक्रमलाई गतिका साथ अगाडि बढाइरहेको छ ।

सरदर २० किलोमिटर कृषि सडक निर्माण तथा मर्मत गरिरहेको छ । सोनवर्षा स्कुलको अधुरो कम्पाउन्डवाल निर्माणमा १० लाख । मझौरादेखि मौवाहीसम्म सडक निर्माण २० लाख । गापाको कम्पाउन्डवाल ४० लाख । वडा–४ को भवन निर्माणमा २५ लाख । रेडक्रस भवन निर्माणमा १० लाख । लहरनियाँदेखि सुन्दरपुरसम्म आठ लाख । लहरनियाँउत्तरदेखि चोरी सडक मर्मत १ लाख २० हजार । लवका टोलमा पाँच लाख । हजारी माताको कम्पान्डवालको लागि १० लाख । रामजानकी मन्दिरको कम्पान्डवालको लागि तीत लाख । लहरनियाँ डिहिवारस्थानमा ६ लाखलगायत विद्युत्को काम तीव्र गतिमा भइरहेको छ ।

समावेशी समानुपातिक आधारमा काम गर्दा त्यस गापाका वडाध्यक्षहरू, सदस्यहरू र नि.प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद पटेलको भूमिका सकारात्मक रहेको छ । प्रशासकीय अधिकृत पटेल भन्छन्, ‘प्रमुख यादवको कार्यदक्षता हेरेर यहाँ सबैले विकासको कार्यमा सकारात्मक ढंगबाट अघि बढिरहेको छ । लगानी बमोजिम विकास निर्माण कार्य अघि बढिरहेको छ । यसले नवराजपुर यतिवेला विकासतर्फ द्रुत गतिमा अगाडि बढिरहेको छ । यहाँका जनता पनि सकारात्मक ढंगबाट आफ्नो विकास कार्यलाई आत्मसात गरेका छन् ।

यहाँका जनता विकासका लागि भोको थिए । त्यसलाई पूरा गर्न मुखियाजी सक्षम अर्थात तेज भएका छन् स्थानीय संजय यादव बताउँछन् । भारतको हावा लागेर सीमाक्षेत्रमा गापा प्रमुखलाई मुखियाजी भन्दै आएको छ ।

प्रतिक्रिया