गुफामा ध्यान गर्दै मोदी

बीबीसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतमा आम निर्वाचनको अन्तिम चरण भन्दा एक दिन अघि शनिबारदेखि गुफामा गएर ध्यानमा बसेका छन् । ६८ वर्षिय मोदी ध्यानमा मग्न भएको तस्बिर सार्वजनिक भएका छन् । उनले ध्यानमा जानुअघि निर्वाचन आयोगसँग सहमति पनि लिएका थिए ।

चुनाव हुनुभन्दा ४८ घण्टा अघि कुनैपनि अभियान शैलीका कार्यक्रम गर्न नपाइने भारतमा निर्वाचन आचारसंहिता रहेको छ । गएको मार्चदेखि सुरु भएको चुनावी अभियानका क्रममा मोदीले दैनिक कम्तिमा तीन वटा कार्यक्रमलाई सम्बोधन गर्दै आएका थिए । गएको शुक्रबार उनले आफ्नो सरकारका गतिविधिका बारेमा जानकारी गराउन सन् २०१४ यता पहिलो पटक पत्रकार सम्मेलन समेत गरेका थिए ।

उनले चुनावका क्रममा १४२ र्यालीलाई सम्बोधन गर्नुका साथै चार वटा रोड शोमा भाग लिएका थिए । उनी उत्तराखण्डको केदारनाथ क्षेत्रको गुफामा ध्यान गर्न गएका हुन् । उनी केदारनाथको ध्यान सकिएपछि आज बद्रिनाथको दर्शन गर्नपनि जाने बताइएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया