पदक विजेता पलिस्था सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय पदक विजेता मुवाँथाईकी खेलाडी पलिस्था कक्षपति शनिबार सम्मानित भएकी छिन् । शनिबार एक कार्यक्रमको आयोजना गर्दै जावलाखेलस्थित प्लाटिनम फिटनेस प्रालिले विश्व मुवाँथाई च्याम्पियनसिपमा पदक विजेता पलिस्था कक्षपती सम्मानित भएकी हुन् । पलिस्थालाई फिटनेस प्रालिका सञ्चालक तथा शारीरिक सुगठनका अन्तर्राष्ट्रिय पदक विजेतासमेत रहेका सचित प्रधान, फुटबलर अनिल गुरुङ र सुमित्रा गुरुङले नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए ।

पलिस्थाले गत मार्च १२ देखि २२ सम्म थाइल्यान्ड सम्पन्न विश्व मुवाँ थाई च्याम्पियनसिपमा ३० केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् । सो सम्मान कार्यक्रममा नेपाल रास्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले रास्ट्रको गौरव बढाउन योगदान पु¥याउन सफल खेलाडी उच्च कदर गर्दै गरिएको सम्मानले उत्प्रेरणा मिल्ने बताए ।

प्रतिक्रिया