रग्वी संघ च्याम्पियन

काठमाडौं । नेपालमा रग्वी विश्वकप महोत्सवअन्र्तगत भएको मैत्रीपूर्ण खेलमा पुरुषतर्फ श्रीराम र महिलातर्फ ग्रिवाणी उत्कृष्ट खेलाडी चुनिएका छन् । शनिवार मध्यपुर एसोसिएसनको फुटबल मैदानमा भएको जापान एम्बेस्डर सिंगो कप म्याच अन्र्तगत नेपाल रग्वी टिमले जापान एवेष्डरलाई १४–५ को स्कोरमा हरायो । नेपाल रग्वीका लागि उत्कृष्ट खेलाडी चुनिएका श्रीराम श्रेष्ठले ७ अंकको योगदान दिएका थिए । उनले ट्राई मार्फत ५ स्कोर जोडे पछि कन्भर्जन किकको अवसर पाएका थिए । कन्भर्जन किकलाई पनि सटिक प्रहार गदै २ अंक थपेका थिए ।

त्यस्तै रविन कुमालले ट्राई मार्फत ५ स्कोर जोडे । कन्भर्जन किक प्रहार गर्न पाएको अवसरलाई संजय अधिकारीले सटिक प्रहार गदै टिमका लागि २ अंक थपेका थिए । जापान एवेष्डरकातर्फबाट सिनिया आवकीले ट्राई मार्फत ५ अंक जोडेका थिए । जापान एवेष्डरको टिममा जापानिज राजदुत मासामुसी साईगोले पनि खेलाडीको रूपमा खेलमा सहभागिता जनाएका थिए । महिलातर्फको खेलमा नेपाल महिला रग्वी टिमले हिमालय रग्वी क्लबलाई १७–१० को स्कोरमा हरायो ।

नेपाल महिला रग्वीको लागि १७ स्कोर नै सृजना राईले गरेकी थिइन् । उनले ३ ट्राई मार्फत १५ स्कोर र १ कन्भर्जन किक मार्फत २ स्कोर जोडेकी थिईन् । उनिले २ कन्भर्जन किकको अवसरलाई सटिक प्रहार गर्न सकिनन् । हिमालय रग्वी क्लबका लागि पन्चमाया श्रेष्ठले २ ट्राईमार्फत १० स्कोर गरेकी थिइन् । कन्भर्जन किकमा भने उनि सफल हुन सकिनन् । महिलातर्फ बिजेता टिम नेपाल महिला रग्वीकी ग्रिवाणी अर्याल उत्कृष्ट खेलाडी चुनिएकी थिईन् ।

एक दिने महोत्सवको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले गरेका थिए । महोत्सवका बिजेता टिमलाई नेपालका लागि जापानिज राजदुत मासामुसी साइगोले पुरस्कृत गरेका थिए । महोत्सवमा ओडिसी,जोसेफ,पानारमा र पुलिस स्कुलका एक सय खेलाडीलाई जापानिज प्रशिक्षकद्धारा रग्वी खेलको बारेमा प्रशिक्षण दिएका थिए । जापानमा २०१९ हुने रग्वी वल्डकपको ब्यापक प्रचार र शुभकामनाका लागि नेपाल रग्वी संघले महोत्सवको आयोजना गरेको हो ।

प्रतिक्रिया