२०१७ साल दोहोरिने सम्भावना

मानौँ गत १० वर्षमा देशमा बर्बादीहरू मात्र बढे । ने।का।को सरकारको पनि खाली नकारात्मक पहलुहरूलाई मात्र अगाडि ल्याइएको थियो । पहिलेको अस्थिर राजनीतिक परिस्थितिको तुलनामा देशमा प्राप्त सफलताहरूमा केही प्रकाश हालिएको थिएन । ने।का।को सरकारको नकारात्मक तरिकाले मात्र आलोचना गरिएको थियो, त्यसबाट यस्तो देखिन्थ्यो, मानौँ कम्युनिस्ट पार्टी पनि त्यो सरकारको विघटनको माग गर्न गइरहेको थियो

कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन चाँडै अगाडि आइरहेको थियो, हामीले आफ्नो आगामी नीतिलाई धेरै गम्भीरताका साथ निर्धारित गर्नुपर्ने आवश्यकता थियो । त्यसैका लागि भाद्र ९२०१७०को अन्तिम सप्ताहमा काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बस्यो । त्यो बैठकमा तेस्रो महाधिवेशनमा विचार गर्नका लागि राजनीतिक प्रस्ताव र पार्टीको विधान प्रस्तुत गरियो ।

राजनीतिक प्रस्तावमा, ने।का। को सरकार र पुँजीपति वर्ग प्रति पार्टीको नकारात्मक नीति थोर बहुत मात्रामा सही किसिमबाट पेस गरिएको थियो । ने।का।ले त्यसबेला विभिन्न क्षेत्रहरूमा अपनाइरहेका अप्रजातान्त्रिक जनविरोधी नीतिहरूको आलोचना गरिएको थियो, त्यसका विरूद्ध उल्लेख गरिएको थियो ।

तर अर्कातिर गत १० वर्षको राजनीतिक विकासलाई विल्कुल नकारात्मक रूपमा पेश गरिएको थियो । यस्तो देखाइएको थियो, मानौँ गत १० वर्षमा देशमा बर्बादीहरू मात्र बढे । ने।का।को सरकारको पनि खाली नकारात्मक पहलुहरूलाई मात्र अगाडि ल्याइएको थियो । पहिलेको अस्थिर राजनीतिक परिस्थितिको तुलनामा देशमा प्राप्त सफलताहरूमा केही प्रकाश हालिएको थिएन । ने।का।को सरकारको नकारात्मक तरिकाले मात्र आलोचना गरिएको थियो, त्यसबाट यस्तो देखिन्थ्यो, मानौँ कम्युनिस्ट पार्टी पनि त्यो सरकारको विघटनको माग गर्न गइरहेको थियो ।

एकातिर ने।का। को सरकारप्रति पूर्ण नकारात्मक दृष्टिकोण अपनाएर देशको प्रजातान्त्रिक प्रणालीका विरूद्ध संगठित र सक्रिय हुँदै आइरहेको प्रतिक्रियावादी राजावादी शक्तिहरूको भण्डाफोर गर्ने, उनीहरूले आफ्ना प्रतिक्रियावादी उद्देश्यहरूको पूर्तिका लागि गरिरहेको सरकारको विघटनको मागको विरोध गर्ने र त्यसबाट प्रजातान्त्रिक प्रणालीको रक्षा गर्ने विषयमा पार्टीलाई उनीहरूका विरूद्ध क्रियाशील गराउने विषयमा विल्कुल मौनता अपनाइएको थियो । एकातिर प्रतिक्रियावादी जुन राजावादी शक्तिहरूको प्रजातान्त्रिक प्रणाली र निर्वाचित सरकारलाई खत्तम पार्न भइरहेको प्रयासप्रति मौन रहेर अर्कातिर ने।का।को सरकारको खाली नकारात्मक तरिकाले मात्र विरोध गर्नुको वास्तविक अर्थ के हुन्थ्यो रु

यो प्रश्नमाथि प्रकाश हाल्दै कमलराज रेग्मीले भाद्र २०१७ को के।क।को बैठकमा भन्नु भएको थियो–‘यो दस्तावेज राजाप्रति बिल्कुल मौन रहेको छ । एकातिर कांग्रेस सरकारको विरोध गरेर, अर्कातिर राजाप्रति मौन रहनुको अर्थ के राजाप्रतिको समर्थन होइन रु यसको अर्थ के कांग्रेसलाई खतम पारेर राजा अगाडि आवस् भन्ने होइन रु हामीले जनतालाई राजाका विरूद्धमा चेतना स्पष्ट दिनु पर्दछ ।’ कमलराज रेग्मीले दस्तावेज कमिटीको बहूमत पक्षद्वारा प्रस्तुत दस्तावेजको ठीक आलोचना गर्नु भएको थियो । त्यो दस्तावेजका पछाडि स्पष्ट रूपमा नै राजावादी सोचाइले काम गरेको थियो र त्यो दस्तावेजले राजाको गतिविधिलाई नै बढी मद्दत पुर्याउँदथ्यो ।

त्यसबेला केन्द्रीय कमिटीको बैठकमा डी।पी।ले एउटा प्रश्न उठाउनु भएको थियो, ‘दस्तावेजमा जसरी ने।का।को सरकारको मुख्यतः नकारात्मक तस्बिर मात्र खिच्ने प्रयास गरिएको छ, के त्यसको माने त्यो सरकारको विघटन होस् भन्न खोजेको होइन रु’ रायमाझीले जवाफ दिनु भएको थियो, ‘करिव–करिव हो । यो कांग्रेस सरकार खतम भएर के नोक्सान छ रु अब हामीले जनक्रान्ति ९एभयउभि च्भखयगितष्यल०को विषयमा सोच्नु पर्दछ ।’

त्यो दिवालिया विचार थियो । जब कि देशमा कम्युनिस्ट पार्टीका तर्फबाट कुनै जोरदार संघर्षहरू आइरहेका थिएनन् । कांग्रेस सरकार खतम भएर अर्को त्योभन्दा प्रगतिशील सरकारको सम्भावना लिएर कुनै क्रान्तिकारी वातावरण तयार भइरहेको थिएन र अर्कोतिर प्रतिक्रियावादी राजावादी शक्तिहरू नै जोडले क्रियाशील भइरहेका थिए, त्यो अवस्थामा जनताद्वारा निर्वाचित कांग्रेस सरकारको विघटन भएर सत्ता खाली राजावादी शक्तिहरूका हातमा नै जान्थ्यो ।

त्यसबाट जनता र प्रजातन्त्रका लागि झन् ठूलो बाधा पुग्दथ्यो । हाम्रा अगाडि झन् प्रतिक्रियावादी व्यवस्था कायम हुने थियो । यो मोटा मोटी कुराहरू पनि नसोचेर एकातिर प्रतिक्रियावादीहरूको ‘कांग्रेस सरकार विघटन होस्, भन्ने मागमा चुप रहनु राजाका विषयमा मौन रहनु, अर्कोतिर कांग्रेस सरकारको पूर्ण नकारात्मक रूपले विरोध गर्नुको स्पष्ट माने के थियो रु हाम्रा साथीहरूले प्रजातान्त्रिक प्रणाली खतम भएर प्रतिक्रियावादी, राजावादी शक्तिहरू सत्तामा आएको देख्न चाहन्थे, जुन कुरा कमलराज रेग्मीले ठीक संकेत गर्नुभएको थियो ।’

पुष्पलालले त्यसवेला दस्तावेजको आलोचना गर्दै भन्नु भएको थियो–‘ प्रतिक्रियावादी, सामन्तवादी शक्तिहरू र राजामाथि मुख्य हमला गर्नुपर्ने कुरालाई उपेक्षा गरिएको छ । बुर्जुवा वर्ग र सामन्त वर्गलाई बराबर किसिमले हमला गर्न हुन्न, त्यस्तो बेलामा हामीले प्रतिक्रियावादी, सामन्तवादी शक्तिहरूमाथि बढी मार हान्नु पर्दछ । ने।का।का सरकारका बारेमा हामीले खाली नकारात्मक रूपले सबै कुराहरूमा विरोध गर्न हुन्न । यसले गर्दा प्रतिक्रियावादी शक्तिहरूले फाइदा उठाउँछन् ।’

डि।पी।ले बहुमत तर्फबाट प्रस्तुत राजनीतिक प्रस्तावको आलोचना गर्नु भएको थियो र उहाँले पनि प्रतिक्रियावादी राजावादी शक्तिहरूका विरूद्ध हामीले बढी ध्यान दिनुपर्छ भन्ने कुरामा जोड दिनु भएको थियो । तर, उहाँले प्रारम्भमा ने।का।का विरूद्ध हामीले बेसरी आवाज उठाउन हुन्न भन्ने र श्री ५ ले ५५ धारा प्रयोग गर्ने सम्भावनालाई बताउँदै संसदको रक्षाका लागि हामीले आवाज उठाउनु पर्दछ भन्ने कुरामा जोड दिनु भएको थियो । यद्यपि आफ्नो विचारमा अड्नुभएन । त्यसरी उहाँले त्यसवेला, जबकि देशमा प्रतिक्रियावादी शक्तिहरू प्रजातान्त्रिक प्रणालीका विरूद्ध क्रियाशील बन्दै आएका थिए, उहाँका विचारहरूले परिस्थितिको थोरबहुत ठीक प्रतितिधित्व गर्दथे ।

तर, उहाँले आफ्नो कांग्रेसपक्षीय रूझानले गर्दा, यो बुझ्न सक्नु भएन कि ने।का।को सरकारको विल्कुल आलोचना नगरेर होइन, ने।का।को विरूद्धको व्यापक जनअसन्तोषलाई कम्युनिस्ट पार्टीको नेतृत्वमा संगठित गरेर त्यसलाई प्रगतिशील दिशातिर बढाएमा नै प्रजातान्त्रिक लडाईमा झन् योगदान पुग्दथ्यो र प्रतिक्रियावादी शक्तिहरूलाई कमजोर पार्न सम्भव हुन्थ्यो । जेहोस्, उहाँका विचारहरू थोरबहुत ठीक स्थानमा पुगेका थिए, यद्यपि ने।का।प्रतिको उहाँको दृष्टिकोण अझै पनि त्रुटिपूर्ण थियो ।

अर्कोतिर दस्तावेजमा प्रजातान्त्रिक वा संयुक्त प्रजातन्त्र पार्टी, जसले स्पष्ट रूपमा नै प्रतिक्रियावादी राजावादी शक्तिहरूका साथ मिलेर प्रजातन्त्रका विरूद्ध काम गर्दै आउन थालेका थिए, उनीहरूको भण्डाफोर गरिएको थिएन

त्यसवेला केन्द्रीय कमिटीमा तल लेखिएको प्रस्ताव राखिएको थियोः
‘वर्तमान सरकारमाथि दक्षिणपन्थी पक्षको हमला आफ्ना दक्षिणपन्थी स्वार्थहरूको रक्षाका लागि भइरहेको छ र तिनै स्वार्थहरूको पूर्तिका लागि वर्तमान कांग्रेस सरकारको विघटनको माग गरिरहेका छन् । दक्षिणपन्थी पक्षका यसप्रकारका वर्तमान सरकारमाथिका हमलाहरू जनताका हित र प्रजातन्त्रका पक्षमा नभएकोले हामीले त्यो हमलालाई स्पष्ट रूपमा नै गलत भनेर किटेर विरोध गर्नुपर्दछ । यद्यपि त्यसका साथै नेपाली कांग्रेसका अप्रजातान्त्रिक जनविरोधी कार्यहरूका विरूद्ध जनताको व्यापक आन्दोलन बढाउने कुरालाई प्रमुख स्थानमा राख्नुपर्दछ ।’

प्रस्तावक – मोहनविक्रम सिंह
समर्थक – पुष्पलाल

तर, केन्द्रीय कमिटीको बहूमत यो प्रस्ताव मान्न तयार भएन र च्भवभअतभम ९अस्वीकृत० प्रस्ताव पेश गर्दा डा। रायमाझीले उच्चारण गरेको शब्द हो ।

त्यसरी हाम्रो केन्द्रीय कमिटीका बहुमत साथीहरू त्यसवेला प्रतिक्रियावादी र राजावादी शक्तिहरू तर्फबाट कांग्रेस सरकारविरूद्ध गरिएका प्रचार र विरोधबाट प्रभावित भएका थिए, पार्टीभित्र कसरी राजावादी रूझानले स्पष्ट रूपमा नै काम गर्दै आएको थियो, बहुमत पक्षद्वारा प्रस्तुत विचारहरू कति गलत र अदूरदर्शी थिए, कांग्रेस सरकार खतम भएर पनि कसरी त्यो स्थितिमा झन् प्रतिक्रियावादी व्यवस्था कायम हुन्थ्यो– यो कुरा देशमा त्यसपछि घट्दै आएका राजनीतिक घटनाहरूले साफ गरे । त्यही बैठकमा फागुन ७ गतेदेखि नारायणगढमा पार्टीको तेस्रो महाधिवेशन गर्ने निर्णय भयो ।

प्रतिक्रिया