नेपाल लाइफको १९औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाइसौं बार्षिक साधारण सभा बीरगंजमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा उक्त साधारण सभा शनिबार सम्पन्न भएको हो । सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २३ दशमलव ५० रुपैयाँ (कर सहित) वितरणको प्रस्ताव पारित भएको गरेको छ ।

बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५४ अर्ब ९९ करोड ६१ लाख ६० हजार ८१० हुनेछ । साधारण सभा कार्यक्रममा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष संघईले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजारी हस्सा हासिल गर्न सफल भएको जानकारी दिए ।

सभाबाट आव २०७४/०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ । हाल कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ, भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ ।

कम्पनीमा १ लाख २२ हजार भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउदै आएको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति कम्पनीमा बीमित भइसकेका कम्पनीले जनाएको छ ।

प्रतिक्रिया