काभ्रेको भाङ्गेटारमा जलेको अवस्थामा दुई शव भेटियो

शुकदेव थपलिया, काभ्रे । जिल्लाको रोशि गाउँपालिका १०, वाल्टिङ्गस्थित भाङ्गेटारमा दुई जनाको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भाङ्गेटारस्थत खानेपानी मर्मतमा गएका विकट मानिँदै आएको गाउँपालिका महाभारतको टुनिबासबाट गएका २ जना व्यक्ति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटना स्थलको निरीक्षण गरि फर्किएका स्थानीयका अनुसार रहस्यमय तरिकाबाट मृत अवस्थामा २ जनाको शव एक सहित एक कुकुर पनि मृत भेटिएको रोशी गाउँपालिकाका वडा नम्बर १० का वडाध्यक्ष दुधराज तामाङ ले बताए । उनका अनुसार मृत फेला पर्नेमा ५० बर्षका सन्चर सिंह लामा र बर्ष ४०को नर बहादुर लामाको शव भेटिएको बताइएको छ ।

मृतकको शरीर सहित घटनास्थल वरपर आगोले डढेको अबस्थामा भेटिएको छ । प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया