सञ्चालक फरार हुँदा बालगृहका बालबालिकाको विचल्लि

काठमाडौं । राधानीको एक बालगृहमा बस्ने ४० जना बालबालिका बिचल्लिमा परेका छन । अबैधानीक रुपमा बालगृह सञ्चालन गर्दै आएकी निर्मला धिमिरे फरार हँुदा बालबालिकाको बिचल्लि भएको हो ।

निर्मला महाराजगंज तालिम केन्द्रमा बस्दै आएकी थिइन् । बुधबार बालबालिका खोजतलास केन्द्रको टोलि पुग्दा उनी फरार भएकी हुन् । उनले काठमाडौंको सुकेधारामा ऐश्वर्या बालगृह संचालन गर्दै आएकि थिइन् । सो बालगृहमा हाल ४० जना बालबालिका रहेका छन् ।

उनीहरु घाउ खटिराबाट ग्रसित भएको बालबालिका खोजतलास केन्द्रका केन्द्र प्रमुख मोहन विक्रम दाहलले जानकारी दिए । उनीहरुलाई पढाउने भन्दै धादिङ, हुम्ला, जुम्लाबाट ल्याइएको बालबालिका खोजतलास केन्द्रले जानकारी दिएको छ ।

केन्द्रिय बालकल्याण समितिसँग अनुमति नलिएको, वडा कार्यालय,प्रहरीलाई समेत सो स्थानमा बालगृह सञ्चालन भएको जानकारी नभएको केन्द्रले जनाएको छ । थप बिवरण आउन बाँकि छ ।

प्रतिक्रिया