अमेरिकाले पानीजहाज चोर्‍योः उत्तर कोरिया

प्योङ्याङ । उत्तर कोरियाका अधिकारीले अमेरिकाले अवैधानिक किसिमबाट आफ्नो पानीजहाज चोरेको आरोप लगाउँदै तत्काल फिर्ता गर्न माग गरेको छ।

गत हप्ता अमेरिकाको न्याय मन्त्रालयले कोइला बोक्ने पानीजहाज प्रयोग गरेर प्योङ्याङले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लङ्घन गरेको दाबी गरेको छ ।

वाइज अनेस्ट नामक सो पानीजहाज इन्डोनेशियाको जलक्षेत्रबाट कब्जामा लिइएको बताइएको छ।

उत्तर कोरियाले यो कदम सन् २०१८ मा डोनल्ड ट्रम्प र किम जङ–अनबीच भएको सहमतिको मर्मविपरीत भएको जनाएको छ।

प्रतिक्रिया