‘टाँकीका फूलहरू’ बजारमा

काठमाडौं । साहित्यकार दाजु गुरुङद्वारा लिखित कथा संग्रह ‘टाँकीका फूलहरू’ को तेस्रो संस्करण बजारमा आएको छ ।

करिब दुई दशकदेखि हङकङलाई कर्मथलो बनाएर साहित्य सिर्जना गर्दै आएका संखुवासभाका स्रष्टा गुरुङ आफ्नै गृहजिल्लाको एक क्याम्पसमा प्राध्यापन गर्दागर्दै हङकङ पुगेका थिए । डायास्पोरिक स्वाद मिसिएका उनको यो कथा संग्रह एक महिनाभित्रै तेस्रो संस्करणमा आएको हो ।

पुस्तकमा हङकङेली नेपालीका सुख–दुःख, अनुभव र भोगाइ समेटिएका आरम्भ, मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएको साँझ, मिलेनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनाखरी ओइलाएपछि, चोइ–साम, मङ्की हिल, मौइसी, सरी, मर्निङ वाल्क, बाटो बिराएको मान्छे गरी १७ वटा कथा समावेश छन् ।

कथामा उनले नेपालीले हङकङमा पुगेर त्यहाँको अत्याधुनिक समाजमा गरेको संघर्ष र मानसिक उत्तारचढाव एवम् मनोविज्ञानलाई चित्रण गरेका छन् । उक्त संग्रह भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया