थुन नै नभएको गाई ब्याएपछि …

काभ्रे । सुन्दा अचम्म लाग्न सक्छ । थुन नभएको गाई गर्भ रही ब्याएकोे सुन्दा तर बेथानचोक गाउँपालिका–३ घर भएका केदारनाथ सापकोटाको घरमा पुग्दा पत्याउन करै लाग्छ जहाँ थुनै नभएको गाई ब्याएको आइतबार पाँचौंँ दिन हो ।

गाईले अहिले बाछो पाएको छ । दुई बर्ष उमेर पूरा भएको लक्ष्मी नामको गाईले बहर खोजेपछि स्थानीय प्राविधिकलाई डाकेर कृत्रिम गर्भधान गराउँदासम्म लक्ष्मीको थुन छैन भन्नेसम्म पनि थाहा नभएको बताउँदै कृषक सापकोटाले भने – ‘गाई हामीले अर्का व्यक्तिलाई पाल्न दिएका थियौ । गाई ल्याएर हामीले पाल्दै गरेको समयमा गाईले बहर खोजेपछि पशु स्वास्थ्य प्राविधिक रामकृष्ण सरलाई बोलायाँै अनि कृत्रिम गर्भधानको लागि बिज राख्यौँ ।’

दिन प्रतिदिन गर्भवती गाईको अवस्थाबारे बुझ्न हाम्रो परिवार तल्लीन थियो एक दिन कल्चौडो कत्रो भयो भनेर हेर्ने क्रममा मात्रै थाहा भयो की लक्ष्मीकोे कुनै पनि थुनको विकास भएको रहेनछ । ‘केही क्षण त हामी पनि अचम्मै प¥र्यांै त्यसपछि हामीले विभिन्न निकायमा लक्ष्मीको अवस्थाबारे जानकारी गरायौँ । त्यसबेला लक्ष्मीको पेटमा ५ महिना जतिको गर्भ बसिसकेको थियो,’ उनले भने ‘आज गाई सुत्केरी भएको पाँँचौँ दिन पुगेको छ । बाछोको अवस्था सामान्य भए पनि सुत्केरी भएकी लक्ष्मीको अवस्था भने दिनानुदिन जटिल बन्दै गएको छ ।’

उनले भने हाम्रो पहलमा भेटेरिनरी तथा पशु विज्ञ केन्द्र धुलिखेलबाट डा. नवीन उपाध्याय , बरिष्ठ पशु विकास अधिकृत राजकुमार हुमागाईं, तारामान तामाङ लगायतको टोली आएर निरीक्षण गरेका छन् । उहाँहरूको भनाईमा गाईको थुन बनाउन सल्यक्रिया नै गर्नुपर्छ । त्यो जिल्लामा प्राविधिक र प्रविधिको अभाव भएको अवस्थाका कारण सम्भव छैन ।

यता फिल्ड निरीक्षण गरेका डा. नवीन उपाध्याय भन्छन् – ‘लक्ष्मीको अवस्थाबारे हामीले केन्द्रीय पशु चिकित्सालयमा खबर गरेका छौँ । अहिले हाम्रो सहजीकरण र उताको सहयोगका लागि हामीले पहल गरेका छौँ । गाईको थुन विकास नभए पनि कल्चौडामो दुध भरिएको कारण गाईलाई थप समस्या हुन सक्छ । हामीसँग दुई वटा उपाए छन् ।,दुध सुकाउने या दुध लाई सल्यक्रिया गरि बाहिर ल्याउने ।’

केन्द्रिय रेफरल पशु चिकित्सालयका प्रमूख डा. बलराम थापाले भने – ‘यो वंशाणुगत रोग हो । , यसको कुनै उपचारै हुँदैन । अब यसको विकल्प भनेकै दुध सुकाउने हो । यसबाट जन्मेका पशुलाई अर्काे पशुहरूको दुध खुवाएर बचाउनु पर्छ । यस्ता एप्सेन्ट अर्गानहरू भएका केसहरू आउने गर्दछन् । तर प्रजनन् नै भएर सुत्केरी हुने अवस्थासमेत आउने कुरामा किसान आफैँ जवाफदेही हुनुपर्छ । पशुपालक किसानले यस्ता सामान्य विषयहरूलाई विचार पु¥याउनुपर्छ । अझै कृत्रिम गर्भधान गराउने सवालमा संवेदनशील हुनुपर्छ ’ उनले कुराकानीमा भने ।

प्रतिक्रिया