साक्षरता अभियानमा जुट्यो छायाँनाथ

मुगु। सन् २०२० भित्र नेपालललाई पूर्ण साक्षर देश घोषण गर्ने नेपाल सरकारको नीतिअनुसार छायाँनाथ रारा नगरपालिका लागि परेको छ । देशका विभिन्न जिल्लामा साक्षरता अभियान सञ्चालन भइरहेका बेला छायाँनाथ रारा नगरपालिकाले पनि साक्षरता अभियानलाई तिव्रता दिएको हो ।

सरकारको नीतिको पालाना गदै छायाँनाथ रारा नगरपालिकामा विभिन्न वडा वस्तीमा साक्षरता सम्बन्धी कक्षा चलाउने अभियानकासाथ नगरपालिकाले अभियान सञ्चालनको थालानी गरेको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले जनकारी दिए ।

उनका अनुसार छायाँनाथ रारा नगरपालिकामा ५ वटा सिकाइ केन्द्र रहेका र त्यसै अनुरूप साक्षरता अभियान सञ्चालन गरेको बताए । पहिलो वर्ष बजेट अभावमा रारा सामुदायिक सिकाइ केन्द्र र श्रीनगर सिकाइ केन्द्रलाई साक्षरता अभियान सञ्चालन गर्न केही रकम विनियोजित गरेको र त्यसै अनुरूपमा दुई वटा सिकाइ केन्द्रले साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आएका छायाँनाथ रारा नगपालिकाले जनाएको छ ।

नगरपालिकाको सहयोगमा छायाँनाथ रारा नगरपालिका भित्र रहेका साविकका पिना र श्रीनगर गाबिसका वडामा रहेका निरक्षर साधारण लेखपढ् गर्न नजान्ने महिला, पुरुषलाई दुई वटा सिकाइ केन्द्र मार्फत प्रौढ कक्षा सञ्चालन गर्ने रारा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सलबहादुर रावलले बताए ।

उनका अनुसार समाजमा निरक्षर रहेका महिला पुुरुषलाई साक्षर बनाउने अभियानमा छायाँनाथ रारा नगरपालिका लागि परेको र त्यसमा आफूले सिकाइमा अभिप्रेरत गर्न साथ दिइएको उनको भनाइ छ ।
प्रौढ तालिम

गाउँघरमा साधरणतथा पढ्न ,लेख्न नजानेका महिला÷पुरुषलाई साक्षर बनाउन प्रौढ शिक्षकलाई तालिम दिइएको छ । रारा सामुदायिक सिकाइ केन्द्र र श्रीनगर सामुदायिक केन्द्रका गरी २५ जना युवालाई कसरी पढाउने , पढ्नमा अभिप्रेरत कसरी गर्ने भन्ने विषयमा तीन दिनसम्म तालिम दिइएको श्रीनगर सामुदायिक सिकाई केन्द्रका कावा अध्यक्ष कृष्ण हमालले बताए ।

उनका अनुसार प्रत्येक वडामा १० जना निरक्षरलाई साक्षर बनाउने अभियान छ । अहिले २ सय ५० जना निरक्षरलाई साक्षरता बनाइने उनको भनाई छ । प्रौढ कक्षामा १५ देखि ४५ वर्षसम्मका निरक्षर सहभागी गराइने जनाइएको छ । कक्षा जेठ १ बाट सुरु हुने छ भने प्रौढ कक्षा तीन महिना सञ्चालन गरिने छ ।

प्रतिक्रिया