एनआईसी एशियाले थप्यो ५ नयाँ शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालय सञ्चालन गरेको छ । मध्यपुर थिमी नगरपालिका ६ भक्तपुर स्थित पुरानो थिमीशाखाको सोहि वडाका वडाअध्यक्ष ईन्द्रबहादुर प्रजापतिले उद्घाटन गरे ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापाले उद्घाटन गरे । यसैगरी सूर्यविनायक नगरपालिकाको वडा २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमलनाथ आचार्यले उद्घाटन गरे, भने चन्द्रागिरी नगरपालिका ११ सतुङगलचोक स्थित सतुङगलचोक शाखाको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।

त्यस्तै, बारा जिल्लाको फेटा गाउँपालिका वडा ३ स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले बुधबार उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकले हाल मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया