तेस्रो थेचम्बु यांबरक अन्तर्राष्ट्रिय चेस सुरु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा तेस्रो थेचम्बु यांबरक अन्तर्राष्ट्रिय चेस प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र थेचम्बुमा सुरु भएको प्रतियोगिताको गाउँपालिका प्रमुख केशर मेन्यांबोले गरे ।  बैसाख १४ गतेसम्म सञ्चालन हुने चेसमा नेपाल र भारतका एक सय चार जना खेलाडीको सहभागिता रहेको ताप्लेजुङ बुद्धिचाल संघका अध्यक्ष राजकुमार मेन्याङ्वोले जानकारी दिए ।

नेपाल च्याम्पिनहरू पुरुपोत्तम चौलागार्इं, सुहाना लोहनी, मदनवाबु कायस्थ र पूर्वच्याम्पियनहरूसहित एसियाकै प्रतिष्ठित चेस प्रतियोगिता पास्र्वनाथ च्याम्पियन सिक्किमका राहुल गुरुङजस्ता चर्चित खेलाडीहरू थेचम्बुमा भेला भएका छन् । गाउँपालिकाको ८ लाख आर्थीक सहयोग तथा ताप्लेजुङ बुद्धिचाल संघको आयोजनामा प्रतियोगिता भएको हो ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका प्रमुख केशर मेन्यांबोले खेल पर्यटकको विकासका लागि आफूहरूले सहयोग गरेको बताए । सामान्य व्यवस्थापनले पनि हुने यस खेलले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई फाइदा पुर्याउने चेसका सिनियर आर्विटर भवानी मेन्यांबोले सुनाए । खुला प्रतियोगितामा प्रथम हुनेले नगद नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् भने द्वितीय र तृतीय हुनेले क्रमश नगद ३५ र ३० हजारका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।

१५औं स्थान सम्ममा अटाउनेले नगद पुरस्कारको व्यवस्था गरिने प्रतियोगिता निर्देशक मेन्यांबोले जानकारी दिए । सो अनुसार खुल्लातर्फ चौथो हुनेले २१ हजार, पाँचौँले २०, छैटौंले १९, सातौंले १८, आठौंले १७, नवौंले १६ र दसौँले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउँदा सो भन्दा ११ औं स्थानदेखि १५औं सम्म हुनेले जनही १२ हजार रुपैयाँका दरले नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया