प्रभु बैंकको खाता अनलाइनबाटै खोल्न मिल्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको उपयोग गर्दै आफ्नो घर, कार्यालय तथा आफू रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रूपमा प्रभु बैंकमा अनलाइन खाता खोल्न सक्ने व्यवस्था मिलाइएको हो ।

बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरूले प्रभु बैंकको शाखा कार्यालयसम्म नपुगीकनै आफू रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदन गर्न, अनलाइन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरू सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । यो सम्पूर्ण प्रक्रियाका लागि बैंकको वेबसाइटमा रहेको बटन क्लिक गर्नु पर्नेछ । प्रभु बैंकले सञ्चालनमा ल्याएको अनलाइन खातासम्बन्धी सेवाबाट ग्राहक महानुभावहरूको समय बचत हुने तथा विनाझन्झट आफ्नो समय अनुकूल आफू रहेको स्थानबाट अनलाइन खाता खोल्न सक्ने भएको छ ।

प्रतिक्रिया