हिमाल हस्पिटलमा सिटिजन्सको एटिएम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा एटिएम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ आंै बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक विक्रम थापाले संयुक्त रूपमा उक्त एटिएम सेवाको उद्घाटन गरे । यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यस बैंकले आर्थिक वर्ष ०७५÷७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरी सोही अवधिभित्र १ अर्ब ४९ करोड १४ लाख रुपैयाँ सञ्चालन मुनाफा र १ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे छ, जुन गतवर्ष सोही अवधिको तुलनामा क्रमश ः ४ दशमलव ०२ प्रतिशत र ५ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया