चर्चामा बिष्णुको ‘बिचल्ली’ (भिडियो सहित)

काठमाडौँ । केही दिन अघि बजारमा आएको लोक गायक बिष्णु खत्रीको नयाँ गीत ‘बिचल्ली’ ले यतिबेला बजारमा चर्चा पाएको छ । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका देवी घर्ती मगर र गायक खात्रीको आफ्नै संयुक्त आवाजमा स्वरबद्ध रहेको उक्त गीत शब्द रचना साथै संगीत पनि गायक बिष्णु खत्री आफैले भरेका हुन् ।

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीत सागर विरहीको संगीत संयोजन रहेको छ भने कुमार रानाद्वारा मिक्सिङ गरिएको छ । त्यस्तै उक्त गीतको भिडियोतर्फ दिलिप रेग्मीको निर्देशन तथा मरुभूमि नारायणले छायांकन गरेका हुन् ।

सुजन शाहीद्वारा सम्पादन भएको उक्त गीतको भिडियो गायक खत्रीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सोही भिडियोमा गायक बिष्णु खत्री, साया भण्डारी, दिलिप रेग्मी, जबिन्द्र पौडेल र प्रल्हाद सुवेदीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

देशको मौलिक लोक संस्कृतिको उच्च मुल्यांकन गर्दै गीतमा शब्द चयन गरेको गायक खत्रीले बताए । लाखौँ बिदेशिएका नेपालीहरुको हरेक दुख तथा पीडाका भोगाई र गाउँ समाजमा पनि घट्ने घटनालाई यथार्थ रुपमा गीतमार्फत र भिडियोमा पनि सोही अनुसार नै चित्रण गरिएको उनले जनाए ।

लोक संगीतको मौलिक धार साथै सबै नेपालीका लागि मन पर्ने खालको गीत भएकाले अझै धेरै दर्शक स्रोताको रोजाइमा पर्नेमा आफु विश्वस्त रहेको गायक खत्रीले जिकिर गरे ।

लामो समयदेखि कलाकारितामा क्रियासिल रहेका उनका आवाजमा जम्मु कास्मिरमा, लाहुरे दाई छुट्टीमा आको, परदेशीको फाँसी, चुहिने छानो, डाँडा काँडाको, कि सास चाहियो कि लास चाहियो, भरिया दाई लगायतका दर्जनौं गीत बजारमा चर्चित छन् । जनताकै हक हितमा विभिन्न गीत बजारमा ल्याएर सबैको लोकप्रिय बनेका गायक खत्रीलाई आम दर्शक स्रोताले जनगायक पनि भन्ने गरेका छन् । गीतको भिडियो तल हेर्नुहोला 

प्रतिक्रिया