चर्चा बटुल्दै अञ्जुको ‘मायाको झण्डा’ (भिडियो सहित)

काठमाडौँ । लोक गायक विमल डाँगी र गायिका माण्डवी त्रिपाठीको आवाजमा ‘मायाको झण्डा’ नामक गीत बजारमा आएको छ । गणेश चौलागाईंको शब्द रचना रहेको उक्त गीतमा गायक विमल डाँगीले संगीत भरेका छन् भने अर्का लोकप्रिय गायक विमलराज क्षेत्रीले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोकी नायिका तथा मोडेल अञ्जु निरौलाको म्युजिक कम्पनी ‘घान्द्रुक मिडिया’ युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो केही दिनअघि सार्वजनिक भएसँगै बजारमा चर्चा बटुल्दै आएको छ ।

करिब डेढ बर्ष जती म्युजिक भिडियोमा देखा नपरेकी मोडेल निरौलाले आफ्नो प्रस्तुति साथै आफ्नै कम्पनी घान्द्रुक मिडियामार्फत सोही भिडियो बजारमा ल्याएको जानकारी दिइन् । गीतले राज्यको मौलिकता र राष्ट्रप्रतिको जिम्मेवारी बहन गरेको मोडेल अञ्जुले जिकिर गरिन् । त्यस्तै उक्त भिडियो निर्देशक शिव विकको निर्देशनमा तयार गरिएको छ भने रामेश्वर कार्कीले छायांकन गर्नुका साथै सुजन शाहीले भिडियो सम्पादन गरेका छन् ।

सोही भिडियोमा मोडेल अञ्जु निरौला, रविन्द्र प्रताप सेन र लोमस शर्माको अभिनय रहेको छ । गायक विमल डाँगीले पनि यस गीतमा धेरै समयको अन्तरालपछि आवाज दिएको बताए । गीतको प्रत्येक शब्दमा मायाँ प्रेमका विषयलाई समावेश गरिएको र देश प्रतिकै भावमा भएकाले दर्शक स्रोताको रोजाइमा पर्ने शब्द रचनाकार गणेश चौलागार्इंले जनाए ।

 

 

प्रतिक्रिया