जिम्न्याष्टिक : राजुलाई ५ स्वर्ण

काठमाडौं  । आठौंअन्तर्गत राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगितामा एपिएफका राजु राईले ५ स्वर्ण जितेका छन् । राजुले थप १ रजत पनि जिते । सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए । कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते । एपिएफका दिनेश सुनुवार दोश्रो तथा प्रदेश– ३ का उज्ज्वल तिवारी तेश्रो भए । भल्टिङ टेबलमा राजुले रजतमा चित्त बुझाउँदा प्रदेश–३ का उज्ज्वल तिवारीले ७.२५ अंक जोड्दै पहिलो स्थान हात पारे । प्रदेश– ३ कै त्रिदेव गिरी तेश्रो बने । प्यारालल् बारमा राजु ७.४ अंकसाथ शीर्ष स्थानमा रहे । प्रदेश–३ का सत्यनारायण मानन्धर दोश्रो तथा प्रदेश–७ का जितेन्द्र चौधरी तेश्रो भए ।

पोमेल हर्समा पहिलो भएका राजुले ५.९० अंक जोडे । एपिएफकै रिकेश तामाङ दोश्रो तथा प्रदेश– ३ का त्रिदेव गिरी तेश्रो भए । अलराउन्डमा पहिलो स्थान हात पारेका राजुले २६.९० अंक प्राप्त गरे । प्रदेश– ३ का सत्यनारायण मानन्धर दोश्रो तथा एपिएफका विष्णु बाटा तेश्रो भए । राजुले थप एक स्वर्ण टिम इभेन्टमा जिते । राजुसहित रिकेश तामाङ, रमेश श्रेष्ठ, श्रीकृष्ण खरबुजा, दिनेश सुनुवार र विष्णु बाटाको टोलीले ११०.६० अंक जोड्दै स्वर्ण जितेको हो । प्रदेश–३ दोश्रो तथा प्रदेश–७ तेश्रो भए ।

महिलाको टिम इभेन्टमा प्रदेश–३ ले स्वर्ण हात पा¥यो । प्रदेश–३ का तारा सिवाकोटी, जेनिसा थापा, प्रकृति थापा मगर, रिजु रन्जित, सौभाग्य कोजु र सवीक्षा सुवालको टोलीले ४८.५७५ अंक जोडे । एपिएफ दोश्रो तथा प्रदेश–७ र प्रदेश–५ तेश्रो भए । एपिएफकी पिंकी झाले दोहोरो स्वर्ण चुमिन् । पिंकीले महिला भल्टिङमा ७.७० अंक जोडिन् । प्रदेश–३ की तारा सिवाकोटी दोश्रो तथा आर्मीकी विदिशा न्यौपाने तेश्रो भए । पिंकीले फ्लोर स्पर्धामा अर्को स्वर्ण चुमिन् । प्रदेश–३ की तारा सिवाकोटी र आर्मीकी विदिशा न्यौपाने तेश्रो भए ।

महिला अलराउन्डमा प्रदेश–३ की तारा सिवाकोटी पहिलो भइन् । ताराले १६.९५ अंक हासिल गरिन् । एपिएफकी लुमिला मानन्धर दोश्रो तथा प्रदेश–३ की प्रकृति थापा मगर तेश्रो भए । पुरुषको १९औँ तथा महिलाको ७औँ राष्ट्रिय प्रतियोगिता हो ।

प्रतिक्रिया