एथलेक्टिसमा सेनालाई २१ स्वर्ण

दाङ । नेपाल आर्मी आठौँ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङको तुलसीपुरस्थित बेलझुन्डी रंगशालामा सञ्चालित प्रतियोगितामा सशक्त र सानदार प्रर्दशन गरेको नेपाली सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्यपदक हात पार्दै टिम च्याम्पियन बनेको हो । त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको ससस्त्र प्रहरीको एपिएफले टिम उपविजेतामा चित्त बुझाउँदा नेपाल पुलिस ३ स्वर्ण रजत र ४ कास्यपदकका साथ तृतीय स्थान हासिल ग¥यो ।

त्यस्तै ५ नं प्रदेश १ स्वर्ण, ८ रजत र ६ कास्यपदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो । महिला १८ र पुरुष १८ गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुंगो लागेको छ । वैशाख ५ बाट सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, ससस्त्र प्रहरीको एपिएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो ।

नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाई आठौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल म्याराथन प्रतियोगिताको च्याम्पियन बनेका छन् । ४२ दशमलव १९५ किलोमिटर म्याथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेर्कडमा सुधार गर्दै च्याम्पियन बनेका हुन् ।

यस्तै प्रदेश नं ६ का दुर्गाबहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सकेन्डमा रजत जित्दा एपिएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्यपदक हात पारे । महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले २ घण्टा ५९ मिनेट ३८ सेकेन्डको रेर्कड बनाएर पूरा गर्दै स्वर्ण जितिन् । ३ घण्टा ५९ सेकेन्डमा दुरी पार गर्दै एपिएफकी पुष्पा भण्डारीले रजत जित्दा नेपाली सेनाकी सरिता बासीले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा कास्यपदक जितिन् ।

दाङको बेलझुन्डी रंगशालाबाट सुरुवात गरिएको म्याराथनको रुट हेमन्तपुर, बिजौरी, पर्सेनी, तुलसीपुर, दोघरे, दुधेना, अश्वरा, डाँडाचिस, कुमलगढी, मिरौली, बागर हुँदै श्रीगाँउबाट पुनः सोही ट्रयाक हुँदै वेलझुन्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा एक राउन्ड लगाएर अन्त्य गरिएको थियो । म्याराथनमा पुरुषतर्फ १५ र महिलातर्फ ६ जना खेलाडी गरी २१ जनाले भाग लिएका थिए ।

प्रतिक्रिया