पेसामा आत्मसम्मानको अनुभूति

समृद्धिको आधार विन्दु पहिल्याउने क्रममा श्रमको महत्वपूर्ण भूमिका रहनेछ । किनकि, जहाँ श्रमको उचित सम्मान गरिन्छ त्यहाँ समृद्धिले सफलता चुम्नेछ । तत्पश्चात् पेसागत श्रममा आबद्ध रहने समूहले समेत प्राप्त जिम्मेवारीमा आत्मसम्मान एवं गौरवको महसुस गर्नेछन् ।

नेपालमा आदिम कालदेखि नै जातीय आधारमा श्रम विभाजन गरिएको पाइन्छ । मूलतः यस प्रकारको पेसागत विविधताले गर्दा समाजमा अस्थिरताको अवस्था पैदा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विशेषतः पेसा व्यवसायको आधारमा तल्ला—उपल्ला जात विशेष भनी जातीय हिनतामूखी विभेद पैदा गर्ने कार्यमा यस प्रकारका कदमहरू सहायकसिद्ध भई आउनेछन् । यही विभेदयूक्त धारणाको विकासले संबद्ध समूहमा मनोवैज्ञानिक तवरबाट हिनताबोधको अभ्युदय भई आफ्नो परम्परागत पेसा—व्यवसायप्रति नै वितृष्णा उत्पन्न हुने प्रवल सम्भावना रहन्छ ।

आज एक्काइसाँै शताब्दिको परिवर्तित युगमा समेत श्रमकै आधारमा सामाजिक विभेदयुक्त व्यवहार लागू गर्न खोज्नुलाई न्यायसंगत कदम मान्न सकिँदैन । यस्ता व्यवहारले समतामूलक समाज निर्माण गर्ने कार्यमा अवरोध सिर्जना हुनुको साथै परम्परागत पेसा—व्यवसायले पलायनको गति निर्धारण गर्नेछन् । किनकि, कुनै पनि श्रम पेसागत आधारमा सानो वा ठूलो भन्ने अवश्य पनि हुँदैैन । यो सामाजिक विभेदको अपमानजन्य अवस्थाबाहेक केही होइन । जसले समाजमा जातीय द्वन्द्वलाई बढ्वा दिने कार्यलाई मात्र प्रोत्साहित गर्नेछ ।

यस प्रकारका अभिप्रायहरू संविधानको भावना एवं मर्मविपरीतका असंवैधानिक क्रियाकलापबाहेक केही होइनन् । गणतन्त्रात्मक राज्यको अवधारणा अनुरूप मुलुकमा आबद्ध रहेका सम्पूर्ण नागरिक समूहलाई उनीहरूको योग्यता एवं दक्षताले भ्याएसम्म आफ्नो इच्छा मुताविकको श्रम गर्न जातीय वा लैंगीय आधारमा विभेदपूर्ण अवस्था तयार गरिने छैन भन्दै पूर्ण सुरक्षाको प्रत्याभूति मूल कानुनद्वारा सुरक्षित गरिएको वर्तमान अवस्था हो ।

विश्वका कुनै पनि लोकतान्त्रिक राज्यको अवधारणाअनुसार आर्थिक सम्मुन्नतिको समान अवसर राज्यका हरेक निकाय, तह वा तप्कालाई समानरूपले प्रदान गर्दै सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तमा आधारित रहदै आत्म गौरवको अनुभूति प्राप्त हुने अवस्था तयार गर्नु नै वास्तविक रूपमा राज्यको सुखद उपस्थिति हो । यो आभाष सम्पूर्ण न्याय प्रेमी आम—जनसमुदायलगायत लक्षित श्रमिक वर्गलार्इृ समेत दिलाउनु आजको प्रमुख आवश्यकता हो ।

पेसा व्यवसायको श्रमको आधारमा विभेदजन्य व्यवहार भए निश्चितरूपमा त्यहा द्वन्द्वात्मक मनोदशाले प्रश्रय पाउने सम्भावना रहन्छ । सामाजिक न्यायको कसीमा द्वन्द्वात्मक रूप धारण गर्नुअगावै श्रम समानताको आधारमा सम्बद्ध पक्षको पेसा—व्यवसायलाई आत्मसम्मान उन्मुख मार्गमा लाग्ने प्रेरणा प्रदान गर्नुपर्ने हुन्छ । यस प्रकारको सकारात्मक क्रियाकलापको अभिवृद्धिले सामाजिक द्वन्द्व न्यूनिकणगर्दै आदर्श समाजको परिकल्पना साकार हुनेछ । तसर्थ, श्रमको प्रकृतिअनुसार समान एवं सम्मानजनकरूपमा समाजका हरेक पेसा व्यवसायलाई मुलुकको आर्थिक समृद्धिमा समान रूपले सहभागी हुने अवसर तयार पार्नु नै सम्बद्ध पक्षको मनोबल उच्च गराउनु हो ।

जहाँसम्म श्रम समानताको कुरा छ त्यहा एक–आपसमा रहेको पारस्परिक व्यवहारले केही हदसम्म भए पनि आपसी तालमेल मिलाऊन सम्भव हुन्छ अनि श्रम र सीपको अभिवृद्धि भई पेसा व्यवसायतर्फको आकर्षण बढ्छ । यसको परिणाम आफ्नो क्षमता र दक्षताको आधारमा जीविकोपार्जनको लागि श्रम बेच्न चाहने जात वा सम्प्रदाय विषेशले सम्मान एवं समान अधिकारका लागि आवश्यक जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । जिम्मेवारीविहीन अवस्थाको कार्यले कुनै पनि समूहमा दक्षता अभिवृद्धि गर्न सकिँदैन । परिणामतः उत्पादनको क्षेत्रमा कोरा श्रमको वृद्धि भई ऋणात्मक अवस्था पैदा हुन्छ । यसविपरित जिम्मेवारीपूर्ण व्यवहारको अभिवृद्धिले अन्ततः सम्बद्ध श्रम समूहमा आत्सम्मानको अनुभूतिको विकास भई कामप्रतिको जवाफदेहितामा ताजापनको महसुस हुनेछ । जसको सकारात्मक नतिजा भन्नु नै श्रम पलायनको न्यूनीकरणको ऊर्जा तयार पार्नु हो ।

थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझैँ सानोभन्दा सानो कामलाई आत्मसम्मानका साथ रोज्न सक्यौँ भने विकास र समृद्धिको प्रतिफल खोज्न अन्त जानै पर्दैन । श्रमलाई राज्यका तर्फबाट उचित सम्मान दिने परिपाटीको विकासले बढ्दो मात्रामा रहेको बेरोजगारि समस्या समाधान गर्न सजिलो हुने देखिन्छ । श्रममा विश्वास गर्ने वातावरणको विकास भए कार्यदक्षतामा समेत अभिवृद्धि हुनेछ । जुन श्रमको लागि जो योग्य छ सोही अनुरूपको कार्यलाई निरन्तरता दिई सम्मानजनक श्रममैत्री नीतिलाई राज्यले अवलम्बन गर्ने हो भने कुनै पनि पेसा—व्यवसायमा आबद्ध समूहले आफ्नो श्रमप्रति कहिल्यै पनि विमुख हुनु पर्दैन ।

तर, यसका लागि वर्ण, जाति, धर्म, लिंग वा पेसा व्यवसायको आधारमा कसैलाई पनि भेदभावजन्य व्यवहार राज्यपक्ष अथवा अन्य कुनै रोजगारदाता समुदायबाट अवश्य पनि गरिनु हुँदैन । किनकि, समान कामको लागि उसको योग्यता र दक्षताको अनुपातमा चाहे त्यो पुरुष होस् अथवा महिला ज्यालामा विभेद गर्नुृ न्यायसंगत हुँदै होइन । विभेदजन्य व्यवहारले पेसागत वर्गीय द्वन्द्व निश्चित छ । तत्पश्चात् श्रमको क्षेत्रमा ऋणात्मक प्रभावको जालो प्रष्टसँग देखिने अवस्था तयार हुनेछ । यस्तो अवस्था सिर्जना नहोस् भन्नाको खातिर जुन श्रममा जसले अब्बल प्रतिभा कायम गर्न सक्छ सोको जिम्मेवारी उक्त समूहलाई नै प्रत्यायोजन गर्ने शैलीको विकास गर्नुपर्छ । यसो भयो भने सम्बद्ध समुदायले आत्मसम्मानको अनुभूति गर्ने छन् । श्रम सन्तुष्टि नै पेसा व्यवसायको सन्तुलनको आधारभूमिसमेत हो ।

यसका अतिरिक्त श्रमको प्रकृतिअनुसार प्रोत्साहन, व्यक्तित्व विकासको अवसर एवं सुरक्षाको प्रत्याभूतिले धेरै हदसम्म श्रमिकको आत्मसम्मानको रक्षा गर्न सम्भव रहने हुँदा विशेष ध्यान पु¥याउनु जरुरी छ । तत्पश्चात निस्कने नतिजाले पेसागत श्रम समानताको क्षेत्रमा समेत आशातीत सफलता हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । परिणामस्वरूप आफ्नो पेसा व्यवसायप्रति गर्व गर्ने अवसर सिर्जना हुने देखिन्छ । (कृपया लेख लेख्दा नेपाली भाषालाई पनि ध्यान दिनुहोला, तपाईंको ७९८ शब्दको लेखमा १०५६ वटा गल्ती देखियो ।

प्रतिक्रिया