कोपिला कार्यशाला सम्पन्न

काठमाडौं । खुला सञ्चारद्वारा कुञ्ज नाटकघरमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । १५ दिने कोपिला कार्यशालामा सहभागी बालबालिकाले विभिन्न रोमाञ्चक प्रस्तुति दिएका थिए । कार्यक्रममा एपिवान टेलिभिजनका प्रमुख सम्पादक टीकाराम यात्रीले बालबालिकालाई सिर्जनशील बनाउन सिर्जनात्मक गतिविधिले सहयोग पु¥याउने धारणा राखे ।

उनले खुला सञ्चारले बालबालिकाका लागि सञ्चालन गरेको कार्यशाला उदाहरणीय रहेको भनाइ व्यक्त गरे । कोपिला कार्यशालामा सहभागी सम्पूर्ण बालबालिकालाई उनीहरूका अभिभावकसँगै प्रमुख अथितिबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त अवसरमा बालबालिकाले नृत्य, नाटक तथा कलाका विभिन्न विधा प्रस्तुत गर्दै उद्घोषणसमेत गरे । उनीहरूले प्रस्तुत गरेको नाटकले भने सबै दर्शकलाई तानेको थियो । वनजंगल विनाश तथा पशुपन्छीको सिकार गर्नु हँुदैन भन्ने मूल सन्देश बोकेको नाटकको परिकल्पना तथा निर्देशन मोहन अभिलाषीले गरेका थिए ।

गायिका योजना पुरीले गीत प्रस्तुत गरेकी थिइन् । खुला सञ्चारका पूर्वप्रशिक्षार्थी हरिराम रिमालले संस्थाले आफूलाई उद्घोषण कला सिक्ने अवसर दिएकोमा धन्यवाद दिँदै ससाना बालबालिकाका लागि पनि कोपिला कार्यशाला सहयोगी बन्ने धारणा व्यक्त गरे । बालबालिकाका लागि उक्त कार्यशालाको विशेष प्रशिक्षण भने शोभा लिम्बूले गरेकी थिइन् ।

प्रतिक्रिया