‘जात्रै जात्रा’ को गीत सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको आवाज रहेको चलचित्र ‘जात्रै जात्रा’ को शीर्ष गीत रिलिज गरिएको छ । आगामी ३ जेठबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यसको उक्त गीतले चलचित्रको भावलाई दर्शाएको छ । गीतमा अर्जुन भट्टराईको शब्द तथा गायक कालिप्रसादकै संगीत रहेको छ ।

प्रवीण सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । गीतमा चलचित्रका मुख्य तीन कलाकार अभिनेता विपिन कार्की, रवीन्द्र झा र रविन्द्र सिंह बानियाँलाई प्रस्तुत गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको यो चलचित्रको लेखन पनि उनैले गरेका हुन् ।

चलचित्रमा अभिनेता विपिन, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झाका साथै अभिनेता दयाहाङ राई, अभिनेत्री वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया