सोनीले जितिन् स्वर्ण

बर्दिया । सोनी खड्काले आठौं राष्ट्रिय खेल अन्तर्गत आईटिएफ तेक्वान्दोको स्पाईरिङमा स्वर्ण जितेकी छिन् । आइतबार भएको ४०–४५ केजी तौल समूहमा प्रदेश ३ की सोनीले आर्मीकी निस्मा बस्याललाई फाइनलमा हराएकी थिइन् । सोही तौल समूहमा आर्मीकी अप्सना तामाङ र सुदूरपश्चिम प्रदेशकी पुजा शाही सयुक्त कांस्य जिते । पुरुष ४६–५० को स्पाईरिङमा प्रदेश ५ का सुमन मस्यार्दी मगरले स्वर्ण,प्रदेश १ का बिशेष राईले रजत तथा प्रदेश ६ रवि सुनुबार र आर्मीका पूर्णबहादुर मगर कास्य जिते । पुरुष ५१–५५ को स्पाइरिङमा प्रदेश ३ का अनिल तामाङले स्वर्ण,एपीएफका योगेन्द्र धिमालले रजत र प्रदेश ४ का सागर शमशेर कुँवर र प्रदेश ५ रोशन आलेले कास्य जिते ।

महिला दोस्रो डान कालो पेटिको महिला प्याट्रनमा आर्मीकी निस्मा बस्यालले स्वर्ण तथा प्रदेश नम्बर तीनकी स्वेता राइले रजत पदक जिते । त्यस्तै महिला टिम प्याट्रनमा आर्मीले स्वर्ण तथा गण्डकी प्रदेशले रजत पदक जिते । स्वर्ण विजेता आर्मी टोलीमा तुलसा राजथला, रुविका खड्का,रिना धिमाल,कल्पना राइ र हिमा खड्का समाबेश थिए ।  पुरुष टिम प्याट्रनमा आर्मीले स्वर्ण तथा एपीएफले रजत पदक जिते । स्वर्ण विजेता आर्मीको टोलीमा भिमबहादुर तामाङ, लिलाधर बस्नेत, प्रेमबहादुर मगर, पूर्णबहादुर र भिमबहादुर तामाङ समाबेश थिए ।

प्रतिक्रिया