लुम्बिनी इन्स्योरेन्स इन्टरनेसनल गल्फ टुर्नामेन्ट सम्पन्न

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको आयोजनामा यही वैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुई दिने अन्तर्राष्ट्रिय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरी दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरू रहेका थिए । खेलकुदमार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भए पनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफूहरू खुसी भएको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए ।

सो अवसरमा उत्कृष्ट अर्थात् सुपर सिनियर खेलाडी विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीहरूलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरूलाई अर्वाड हस्तान्तरण गरेका थिए ।

०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्स्योरेन्सले फेयर एन्ड राइजिङ, स्मार्ट एन्ड सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आइएसओ सर्टिफाइड मान्यता प्राप्त गर्न सफल भएको छ । हाल ४५ शाखा मार्फत ग्राहकहरूलाई उत्कृष्ट सेवा तथा सुविधा उपल्ब्ध गराउँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले बताए । कम्पनीले चालु वर्षभित्रै तोकिएबमोजिमको चुक्ता पुँजी पु¥याउने उनले बताए, यो टुर्नामेन्ट कम्पनीको दोस्रो संष्करण हो ।

प्रतिक्रिया