कामना सेवाकोे बिरौटा शाखा स्थानान्तरण

पोखरा । कामना सेवा विकास बैंक पोखरा महानगरपालिकाको वडा नं १७, बिरौटा चोकमा सेलवेज मार्ट भएको भवनमा आफ्नो बिरौटा शाखा स्थानान्तरण गरी कारोबार शुभारम्भ गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्य, सञ्चालकहरू चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रूपमा शाखा स्थानान्तरण पश्चात् कारोबार गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा स्थानान्तरण पश्चात् ग्राहकहरूलाई अझ आधुनिक बैंकिङ सेवा सुविधासँगै बैंकले व्यापार विस्तारलाई अझ तीव्रताका साथ अघि बढाउने बताए ।

प्रतिक्रिया