साँखुमा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौं शंखरापुर नगरपालिका ७ स्थित साँखुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू,उद्योग वाणिज्य संंघका पदाधिकारीहरू, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर श्रेष्ठले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरूलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन बैंकले सहयोग पुग्ने धारण राखेका थिए ।

साथै, उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ विभिन्न सहुलियत पुर्ण कर्जाहरू प्रदान गर्दै आइरहेको हुदा कृषि, उद्योग र पर्यटनको प्रचुर संभावना बोकेको साँखु क्षेत्रका स्थानिय बासिन्दाहरूलाई यस बैंकबाट प्रदान गरीने विभन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवाहरू उपभोग गरी लाभ लिन आग्रह गरे ।

प्रतिक्रिया