सिटिजन्स बैंकको रक्तदान कार्यक्रम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकका विभिन्न शाखाहरूमा रक्तदान कार्यक्रम संचालन गरेको छ । यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल सहित कुल ५ सय ६६ जना रक्तदाताहरूले रक्तदान गरेका छन् । १२औँ वार्षिकोत्सवको सुखद अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको ‘रक्तदान जीवनदान’ को नारालाई सार्थक बनाउँदै विभिन्न शाखाहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

बैंकले उपत्यकाभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैँसेपाटी, कुपन्डोल र उपत्यका बाहिरका विराटनगर, दमक, धरान, जनकपुर, वीरगञ्ज, बनेपा, हेटौंडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर र बिर्तामोड गरी कुल १९ स्थानबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय नारायणहिटी पथमा सम्पन्न रक्तदान कार्यक्रममा ४६, भक्तपुर शाखामा ४३, भैँसेपाटी शाखामा ४१, कुपन्डोल शाखामा ७ र उपत्यका बाहिरका बिराटनगर शाखामा २१, दमक शाखामा २७, धरान शाखामा २८, जनकपुर शाखामा २५, वीरगञ्ज शाखामा ३९, बनेपा शाखामा १७, हेटौंडा शाखामा ३५, नारायणघाट शाखामा ४१, पोखराको सिमलचौर शाखामा ३०, बुटवल शाखामा २६, घोराही शाखामा १८, नेपालगञ्ज शाखामा ४५, सुर्खेत शाखामा १७, महेन्द्रनगर शाखामा १९ र बिर्तामोड शाखामा ४१ गरी कुल ५ सय ६६ जना रक्तदाताहरूले रक्तदान गरे ।

बैंकले आर्थिक वर्ष ०७५/७६ को तेस्रो त्रैमासिकसम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरी सोही अवधिभित्र १ अर्ब ४९ करोड १४ लाख सञ्चालन मुनाफा र १ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोही अवधिको तुलनामा क्रमश ४ दशमलव शून्य २ प्रतिशत र ५ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । बैैंकले कारोबार सञ्चालन गर्दै आएकोे १२ वर्षको समयावधिमा देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया