ब्रेकिङ न्युज: सडकबाट तीनसय मिटर तल टिपर खस्यो, चालकको मृत्यु

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाको सेल्फिडाँडाबाट तीन सय मिटर खोल्सामा टिपर खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी काभ्रे मातहत रहेको भकुण्डे प्रहरी चौकीले दिएको जानकारी अनुसार शनिवार बिहानै ६ बजेको समयमा सो दुर्घटना भएको बताइएको छ ।

बिपि राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडा स्थित काभ्रे भन्ज्याङबाट भकुण्डेतर्फ जाँदै गरेको बा ३ ख ५३९६ नंम्बरको खालि टिफर सडकबाट करिब ३०० मिटर तल भिरमा खसि दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनास्थलमा प्रहरीले सूचना पाएसँगै उध्दार टाेलि खटिएको थियो ।

दुर्घटना भएको टिपरमा मानिसको खोजी गर्दै जाने क्रममा उक्त टिफर चालक सवारी धनी धादिङ थाक्रे गाउँपालिका ७ बस्ने बर्ष ४६ को केदार बहादुर बस्नेत सोही टिपरले थिचेको र खुट्टा मात्र देखा परेको अवस्थामा मृत फेला परेको बताइएको छ । उनको शव निकाल्न कठीन भईरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया