विद्यालयमै जलाइन् नुसरत !

ढाका । नुसरत जहान रफीलाई आफ्नै विद्यालयमा मट्टितेल खन्याएर आगो लगाइयो र उनको ज्यान गयो । दुई साताअघि उनले आफ्नो विद्यालयका हेडमास्टर (प्रधानाध्यापक) विरुद्धमा यौन दुव्र्यवहारको उजुरी दर्ता गरेकी थिइन् ।

उजुरी गरेको ५ दिनमा उनले मृत्युवरण गर्नुप¥यो । १९ वर्षीया नुसरत राजधानी ढाकाबाट १६० किमी दक्षिण फिनीकी हुन् । उनी मदर्सामा पढ्थिन् । २७ मार्चको दिन उनका हेडमास्टरले आफ्नो कार्यकक्षमा बोलाए र शरीरमा छुन थाले । त्यसबाहेक अरू केही नहुँदै उनी त्यहाँबाट भागिन् ।

समाजबाट लज्जित हुनुपर्ने डरले धेरैजसो बंगलादेशी महिला र युवतीहरूले आफूमाथि भएको यौनजन्य दव््र्यवहारका घटनालाई लुकाउने गरेका छन् । तर, नुसरतको हकमा परिवारको सहयोगमा प्रहरीकोमा उजुरी गर्नसमेत गइन् ।

स्थानीय प्रहरी कार्यालयमा उनले घटनाको बारेमा बयान दिइन् । उनलाई प्रहरीले सुरक्षित वातावरण दिनुपथ्र्यो तर प्रहरीले उनको बयानको भिडियो बनायो । उक्त भिडियोमा नुसरत निकै तनावमा देखिन्छिन् । अनि हातले उनको अनुहार छोपेको देखिन्छ । उक्त भिडियो स्थानीय मिडियामा पछि सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि झन् तनाव भयो ।

नुसरत एउटा सानो सहरकी किशोरी हुन् र अन्धविश्वासले डेरा जमाएको परिवारमा हुर्केकी हुन् । त्यसैले उनी धार्मिक स्कुलमा गएकी हुन् । उनको जस्तो अवस्था भएको केटी मान्छेलाई यौनजन्य दुव्र्यहारको बारेमा उजुरी गर्दाको नकारात्मक परिणाम भोग्नुपर्ने हुनसक्थ्यो । भयो पनि त्यही । पीडितहरूले कहिलेकाहीँ आफ्नै समुदायबाट सजाय भोग्नुपर्ने हुन सक्छ । व्यक्तिगत रूपमा र अनलाइनमा हतोत्साही पार्ने काम गरिन्छ । कतिपय समयमा हिंस्रक आक्रमण पनि हुन सक्छ । नुसरतले त्यही अवस्था भोग्नुपरेको थियो ।

उजुरी गरेपछि प्रहरीले हेडमास्टरलाई गिरफ्तार गर्यो । त्यसपछि नुसरतका लागि झन् अवस्था खराब बन्न पुग्यो । केही मानिसहरू सडकमा जम्मा भएर उनको रिहाइको माग गरे । त्यो प्रदर्शनको आयोजना दुईजना छात्रहरूको संयोजनमा भएको थियो । स्थानीय राजनीतिकर्मीहरू पनि प्रदर्शनमा देखिएका थिए । मानिसहरूले नुसरतमाथि आरोप लगाउन थालेका थिए । उनको परिवार नुसरतको सुरक्षालाई लिएर चिन्तित बनेको थियो ।

६ अप्रिलका दिन यौन दुव्र्यवहारमा परेको ११औं दिन थियो । नुसरत आफ्नो फाइनल परीक्षामा सहभागी हुन विद्यालय गएकी थिइन् । ‘मैले मेरी बहिनीलाई विद्यालय लिएर गएँ र भित्र छिर्न खोजेको थिएँ । तर, मलाई भित्र छिर्न दिइएन,’ नुसरतका दाजु महमुदुल हसन नोमानले भने, ‘यदि मलाई रोकिएको थिएन भने यस खालको घटना मेरी बहिनीमाथि हुने थिएन ।’

नुसरतले दिएको बयान अनुसार केही महिला साथीहरूले उनलाई स्कुलको छतमा लिएर गएका थिए । त्यहाँ उनको एकजना साथी कुटिएको भनेर लगिएको थियो ।

जब उनी छतमा पुगिन्, पाँचजना मानिस बुर्का लगाएर बसेका थिए । उनीहरूले नुसरतलाई घेराउ गरे । उनीहरूले हेडमास्टर विरुद्धको उजुरी फिर्ता गर्न उनलाई दबाब दिए । जब उनले सो दबाब अस्वीकार गरिन्, उनलाई आगो लगाइयो । प्रहरी ब्युरोका अनुसन्धान प्रमुख बनाजकुमार मजुमदारका अनुसार आक्रमणकारीहरूले त्यो घटनालाई आत्महत्याको रूपमा व्याख्या गर्न चाहेका थिए ।

तर, त्यहाँबाट तत्कालै उद्धार गरिएकाले उनीहरूको त्यो योजना भने असफल भएको थियो । उनको मृत्यु हुनुभन्दा अघि उनले बयानमा सबै कुरा भन्न भ्याइन् । नुसरतलाई जब अस्पताल लगिएको थियो, उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उनको त्यहाँ उपचार हुन नसक्ने भएपछि ढाका मेडिकल कलेजमा रिफर गरिएको थियो । एम्बुलेन्समा आफू बच्न नसक्ने अवस्था बुझेर उनले आफ्नो बयान दाजुको मोबाइलमा रेकर्ड गराएकी थिइन् । ‘शिक्षकले मलाई छोयो । म यो अपराधका लागि मेरो अन्तिम स्वाससम्म लड्छु,’ उनले यसो भनेको रेकर्डमा सुनिन्छ ।

उनले आक्रमणकारी मदर्साका केही विद्यार्थीको नाम पनि लिएकी छन् । नुसरतको स्वास्थ्य अवस्थाको बारेमा बंगलादेशका मिडियामा थुप्रै समाचार आए । १० अप्रिलमा उनको मृत्यु भयो । फेनीमा उनको अन्त्येस्टीमा हजारौं मानिसहरू सामेल भए ।

प्रहरीले त्यसपछि १५ जना मानिसलाई गिरफतार ग¥यो । ती मध्येका ७ जना हत्यामा संलग्न रहेका थिए । पक्राउ पर्नेमा दुई जना विद्यार्थी पनि रहेका छन् । जसले हेडमास्टरको पक्षमा प्रदर्शनको संयोजन गरेका थिए । हेडमास्टर अहिले हिरासतमा छन् । नुसरतको भिडियो बनाउने प्रहरीलाई उनको पोस्टबाट हटाएर अर्कै विभागमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री शेख हसिनाले नुसरत परिवारलाई भेटेर उनको हत्यामा संलग्नलाई कानुनको कठघरामा ल्याउने प्रतिबद्धता जनाएकी छन् । नुसरतको हत्याको विरुद्धमा प्रदर्शन भएको छ । हजारौँले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

बंगलादेशमा यस्ता गतिविधिबारे बोल्न नसक्ने अवस्था भएको र बुर्का त के फलामको कपडा लगाए पनि बलात्कारीबाट जोगिने अवस्था नरहेको फेसबुकमा अनवर शेखले बताएका छन् ।

कतिपयले आफूले जीवनमा छोरी चाहेको तर यो देशमा छोरीलाई जन्म दिनु भनेको सधैँ चिन्ता र डर हुनु हो जस्तो भएको समेत लेखेका छन् ।

महिला अधिकारवादी संस्था बंगलादेश महिला परिषद्का अनुसार सन् २०१८ मा मात्रै ९ सय ४० वटा बलात्कारका घटना भएका छन् । यो संख्या अझ ठूलो हुन सक्ने बताइएको छ । यौनजन्य दुर्व्यवहारका घटनामा कोही महिलाले न्याय खोजेमा उनीहरूले अझ संकट व्यहोर्नुपर्ने अवस्था रहेको स्थानीय अधिकारकर्मीहरूको भनाइ रहेको छ ।

सन् २००९मा बंगलादेशको सर्वोच्च अदालतले यौन दुव्र्यवहारसम्बन्धी सेल हरेक विद्यालयमा राख्न आदेश दिएको भए पनि थोरै विद्यालयले मात्रै यस्ता सेल राखेको बताइएको छ । अधिकारकर्मीहरूले त्यसलाई कार्यान्वयन गर्नुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया