सलिनमान र मलिकाको रोमान्स

काठमाडौं । चलचित्र यात्राको ‘फ्लाइङ फ्लाइङ’ बोलको नयाँ गीतमा अभिनेता सलिनमान बानियाँ र डेब्यु नायिका मलिका महतले रोमान्स गरेका छन् । सार्वजनिक गीतमा यी दुई निकै रोमान्टिक मुडमा देखिएका छन् । गायक सुगम पोखरेल र गायिका मेलिना राईको आवाज रहेको उक्त गीतमा प्रतीक पौडेलको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोलाई प्रवीण सिंहले कोरियोग्राफी गरेका हुन् । चलचित्रमा सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटवाल लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र अहिले विभिन्न हलमा प्रदर्शनरत छ ।

प्रतिक्रिया