‘घुम्न जाऔँ पोखरा’

काठमाडौं । गायक भरत परियार र पूर्णकला बिसीको आवाज रहेको नयाँ लोक तथा दोहोरी गीत ‘घुम्न जाऔँ पोखरा’ सार्वजनिक भएको छ । जनता म्युजिकको युट्युबमार्फत बाहिर ल्याइएको गीतको भिडियोमा समीर खान, पुजना घिमिरे र सन्सरी परियारको अभिनय छ ।

गायक परियारकै शब्द तथा संगीत रहेको गीतको छायांकन दीपक गिरी तथा सम्पादन अमृत चापागाईंले गरेका छन् । निसान एसकेले निर्देशन गरेको भिडियोमा मोडल समीरले पुजना र सन्सरीसँग रोमान्स गरेका छन् । थुप्रै कोरससमेत प्रयोग गरेर निर्माण गरिएको गीतमा एउटा ड्राइभरले यात्राका क्रममा युवतीलाई घुम्न जान गरेको आग्रहलाई समेत समेटिएको छ ।

प्रतिक्रिया